फिदिम । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पाँचथरले स्थानीय तहको निर्वाचन बैशाखमै गर्नुपर्ने माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाएको छ । सोमबार पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेस न्यौपाने मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइएको अनेरास्ववियु जिल्ला कमिटी पाँचथरका अध्यक्ष सुन्दर योङहाङले बताए ।