पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल
नवमिडाँडा । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१,नवमीडाँडामा बालविवाह न्यूनिकरण सम्बन्धि जनचेतनामूलक नाटक मञ्चन गरिएको छ ।
फाल्गुनन्द १, नवमीडाँडाका विभिन्न ३ स्थानमा बालविवाह न्यूनिकरण सम्बन्धि चेतनामूलक नाटक ‘‘कविताको भाग्य” मञ्चन गरिएको हो ।


फाल्गुनन्द १,स्थित सिद्धदेवी मावि नवमीडाँडा, नवमीडाँडा बजार र सिद्धेश्वरी मावि सुर्केनागीमा आज एकैदिन ३ स्थानमा नाटक मञ्चन गरिएको हो ।
नाटकले नेपाली समाजमा गरिबी र अशिक्षाका कारणले हुने बालविवाह र यसको असरलाई विषयवस्तु बनाएर बालविवाह न्यूनिकरण गर्नुपर्ने सन्देश दिएको थियो ।
प्रेम नेपाल र कमल घिमिरेको परिकल्पना तथा लेखन र कुमार ढकालको निर्देशन रहेको नाटकमा चेतन घिमिरे,वर्षा खवास,बालकृष्ण बाँस्कोटा,कविता नेम्वाङ,प्रेम नेपाल कमल घिमिरे लगायतले अभिनय गरेका थिए ।
फाल्गुनन्द गाउँपालिका १ नं. वडा कार्यालय नवमीडाँडाको आर्थिक सहयोगमा युगिन थिएटर पाँचथरद्धारा नाटकको प्रस्तुती गरिएको हो ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ३ : ५२ बजे