पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल । नवमिडाँडा
पाँचथरको फाल्गुनन्द गाउँपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा आधारभूत तह कक्षा ६ – ८ मा अध्ययनरत विद्यार्थीहरुबिच चित्रकला प्रतियोगिता आईतबार सम्पन्न भएको छ ।
फाल्गुनन्द गाउँपालिकाको केन्द्र घुर्विसे पञ्चमीमा सम्पन्न प्रतियोगितामा जनकल्याण मावि फाक्तेपकी रेश्मी कुरुङ्वाङ प्रथम, पञ्चकन्या आधारभूत विद्यालय आङ्साराङकी मेलिना सम्बाहाम्फे द्दितिय र घुर्विसे पञ्चमी माविका मनिस बस्नेत तृतिय भएका छन् ।
प्रतियोगितामा प्रथम, द्दितिय र तृतिय हुने विद्यार्थीहरुलाई क्रमशः ६ हजार, ४ हजार ५ सय र ३ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको फाल्गुनन्द गाउँपालिका शिक्षा शाखा प्रमूख बाबुराम राईले जानकारी दिए ।
‘‘सुन्दर विद्यालय” शिर्षकमा भएको चित्रकला प्रतियोगितामा फाल्गुनन्द गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत गरी १६ वटा विद्यालयबाट एक(एक जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिता फाल्गुनन्द गाउँपलिका शिक्षा,यूवा तथा खेलकुद शाखा फाक्तेप पाँचथरले आयोजना गरेको हो ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  २ : १७ बजे