पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । प्रेस चौतारी नेपालको रजत जयन्ती (२५ औं स्थापना दिवस) को अवसरमा प्रेस चौतारी पाँचथरले शक्ति पोष्ट डटकमका सम्पादक युधिष्ठिरराज आमगाई र गोरखापत्र दैनिकका पाँचथर प्रतिनिधि नारायण तुम्बापोलाई सम्मान गरेको छ ।
स्थापना दिवसको सन्दर्भमा चौतारी पाँचथरले जिल्ला सदरमुकाम फिदिम स्थित नेपाल पत्रकार महाँसघको सभाहलमा आईतबार ‘सम्मान, बधाई ज्ञापन, पुरस्कार घोषणा एवं शुभकामना आदान प्रदान कार्यक्रम’ गरि चौतारी पाँचथरका पूर्व अध्यक्ष एवं निर्वतमान केन्द्रिय सदस्य आमगाई, पूर्व अध्यक्ष तुम्बापो र पूर्व सचिव नवराज धिमिरेलाई सम्मान गरिएको हो । सम्मानित ब्यक्तित्वहरुलाई नेकपा एमाले पाँचथरका अध्यक्ष राजकुमार भन्डारीले सम्मान – पत्रका साथ दोसल्ला ओडाएर सम्मान गरेका हुन ।

गोरखापत्र दैनिकका पाँचथर प्रतिनिधि नारायण तुम्वापो सम्मान- पत्र ग्रहण गर्दै ।


कार्यक्रममा दिवंगत हुनुभएका चौतारी पाँचथरका संस्थापकद्वय एवं अग्रज पत्रकार चन्द्र पोखरेल र रामप्रकाश समथिङको स्मृतिमा ‘रामचन्द्र स्मृति पत्रकारीता पुरस्कार’ घोषणा गरिएको छ । न्यूनतम ५ लाख अक्षयकोष निर्माण गरि त्यसको ब्याजबाट प्राप्त आम्दानीले हरेक बर्ष जिल्लामा क्रियाशिल २ जना पत्रकारलाई पुरस्कृत एवं सम्मान गरिने चौतारी पाँचथरका अध्यक्ष रविन्द्र काफ्ले बताए ।
चौतारी पाँचथरले पूर्व पदाधिकारी एवं सदस्यहरुलाई बधाई ज्ञापन गरेको छ । नेकपा एमाले पाँचथरका जिल्ला कमिटी सचिवालय सदस्य, कार्यालय सचिव, प्रचार विभागका प्रमुख एवं चौतारीका निवर्तमान अध्यक्ष तुलसी थापा, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा चौतारीका निवर्तमान उपाध्यक्ष सहमामन विश्वकर्मा, नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं प्रचार विभागका उप प्रमुख तथा चौतारीका निवर्तमान सचिव शान्ती देवी राई, प्रेस चौतारीका प्रदेश कमिटी सदस्यहरु सागर खनाल, रमेश थापा र दिल कुमारी तामाङलार्ई बधाई ज्ञापन पत्रका साथ बधाइ गरिएको छ ।
कार्यक्रमा प्रेस सम्बद्घ विभिन्न सङ्घ संस्थाका प्रमुख र पदाधिकारीहरुले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ८ : ३३ बजे