पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल,नवमीडाँडा
पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१,नवमीडाँडामा पोषण तथा खाद्य सुरक्षा सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ ।
फाल्गुनन्द गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम अनुसार बहुक्षेत्रिय पोषण योजना कार्यक्रम अन्तर्गतको वडा स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सुनौलो हजार दिनका आमा तथा बच्चाको स्वास्थ्य अवस्थामा सुधार ल्याइ कुपोषण मुक्त बनाउँने साथै स्थानिय साधन स्रोतबाट उपलब्ध हुने खाद्य वस्तुको प्रयोग लगायतका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा वडाध्यक्ष होम प्रसाद आङ्देम्बेको संयोजकत्वमा १५ सदस्यीय वडास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति समेत पुनर्गठन गरिएको छ ।
कार्यक्रममा वडाका जननिर्वाचित प्रतिनिधीहरु,स्वास्थ्यकर्मीहरु,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक प्रतिनिधीहरु,संघसंस्थाका प्रतिनिधीहरु,स्वास्थ्य स्वयंसेविकाहरु,संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।
फाल्गुनन्द गाउँपालिका बहुक्षेत्रिय पोषण कार्यक्रम फाक्तेप पाँचथरले आयोजना गरेको कार्यक्रमको सहजीकरण फाल्गुनन्द गाउँपालिका बहुक्षेत्रिय पोषण कार्यक्रम स्वयंसेवक सुमित्रा तामाङले गरेकि हुन ।
कार्यक्रम फाल्गुनन्द १ का वडाध्यक्ष होम प्रसाद आङ्देम्बेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ३ : ३३ बजे