पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फाल्गुनन्द-१ स्थित बालबिकास आविको व्यवस्थापन समिति पुनर्गठन

निवर्तमान प्रधानाध्यापक कृष्ण प्रसाद पाण्डेलाइ बिदाइ समेत गरियो


दिपक दुलाल
नवमिडाँडा । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१ स्थित बालबिकास आधारभूत विद्यालय भोगटेनीमा विद्यालय व्यवस्थापन समितिको पुनर्गठन गरिएको छ ।
सोमबार विद्यालयमा बसेको अभिभावकहरुको भेलाले दिल कुमार आङ्देम्बेको अध्यक्षतामा ९ सदस्यिय विद्यालय व्यवस्थापन समिति सर्वसहमत चयन गरेको हो ।
समितिका अन्य सदस्यहरुमा धन बहादुर आङ्देम्बे,शर्मिला तामाङ,मन बहादुर चेम्जोङ र यमुना तामाङ चयन हुनुभएको छ । यसैगरी शिक्षक प्रतिनिधी ममता लिम्बू,बालक्लव प्रतिनिधी प्रमिला आङ्देम्बे तथा सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक खगेन्द्र कुमालं रहनुभएको विद्यालयले जनाएको छ ।
अभिभावकहरुको सोहि भेलाले पार्वतीमाया तामाङको अध्यक्षतामा ११ सदस्यिय शिक्षक अभिभावक संघ समेत गठन गरिएको छ । समितिका सदस्यहरुमा इन्द्रराज आङदेम्बे,हेमा तामाङ आङदेम्बे,सुमित्रा चेम्जोङ,डिक बहादुर तामाङ,सेवन आङदेम्बे,मणिराज आङदेम्बे,हरिकुमार आङदेम्बे,खगेन्द्र कुमाल,दिलकुमार आङ्देम्बे र सदस्य सचिवमा शर्मिला लिम्बू चयन भएका हुन ।
सोहि कार्यक्रमबाट उक्त विद्यालयका निवर्तमान प्रधानाध्यापक कृष्ण प्रसाद पाण्डेलाइ बिदाइ समेत गरिएको छ । विद्यालयमा लामो समय २९ वर्ष सम्म सेवा गरी हालै अनिवार्य अवकास हुनुभएका पाण्डेलाई विद्यालयले औपचारिक रुपमा बिदाइ गरेको हो ।

ब्यवस्थापन समितिका पदाधिकारीहरुको सामूहिक फोटो


कार्यक्रमका बक्ताहरुले बिदाइ भएर गएका निवर्तमान प्रधानाध्यापक कृष्ण प्रसाद पाण्डेले विद्यालयमा पु¥याउँनुभएको योगदानको चर्चा गरेका थिए । उनलाई फूलमाला र दोसल्ला ओढाइ सम्मान गरिएको विद्यालयले जनाएको छ । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलकुमार आङदेम्बेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

निवर्तमान प्रधानाध्यापक कृष्ण प्रसाद पाण्डेलाइ बिदाइ गरिदै

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  १ : ५७ बजे