पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथरको फिदिम नगरपालिका वडा नं. ८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा बुधबार मध्यराति आगलागी हुँदा २ जनाको मृत्यु भएको छ ।
आगलागीमा मेघबहादुरका २२ वर्षीय छोरी ममता गुरुङ र २३ बर्षकी बुहारी आशाङसिंह थेबे (गुरुङ) को ज्यान गएको छ । ५५ वर्षीय मेघबहादुर गुरुङ र उहाँका छोरा बिजेन्द्र गुरुङ सामान्य घाइते भएका छन् । उनिहरुको टाउको र हातखुट्टा सामान्य जलेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
मेघबहादुरका घरमा ७ जना सुतेका थिए । ७ मध्ये २ जनाको जलेर ज्यान गएको २ जना सामान्य घाइते रहेकाे र ३ जना भागेर बच्न सफल भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख हरी खतिवडाले जानकारी दिए ।
आगलागीबाट घरमा पूर्ण रुपमा क्षति भएको छ । रातको करिब १ः०० वजेबाट आगलागी सुरु भएको स्थानीयको भनाई छ । स्थानीयले प्रहरीलाई खवर गरेपछि अस्थाई प्रहरी चौकी, तमाखेको प्रहरी टोलि र स्थानीयले आगो नियन्त्रणमा लिन प्रयास गरेका थिए ।


पछिबाट जिल्ला प्रहरी कार्यालय पाँचथर प्रमुख खतिवडाको नेतृत्वमा सुरक्षा टोली दमकल सहित घटनास्थल पुगि विहानको करिब ४ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
आगलागीबाट ५० लाख भन्दा धेरै आर्थिक क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । ढुङगा, माटो र काठले बनेको टिनको छाना भएको घर पूर्ण रुपमा जलेर क्षतिभएको र घरभित्रको सामाग्री समेत जलेर नष्ट भएको छ । विधुतसट भई आगलागि भएको हुनसक्ने स्थानीय छिमेकीले बताएका छन ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  १२ : २२ बजे