पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल
नवमिडाँडा । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१,नवमीडाँडामा योजना सम्झौता शिविर तथा उपभोक्ता समितिको बैंक खाता खोल्ने कार्यक्रम आज सम्पन्न भएको छ ।
गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधीहरु वडाकार्यालय सम्म पुगेर स्थानिय नागरिकलाई बिना झन्झट सेवा प्रदान गर्ने उद्धेश्यले योजना सम्झौता शिविर तथा बैंक खाता खोल्ने कार्यक्रम नवमीडाँडामा सम्पन्न गरिएको हो ।
शिविरमा नवमीडाँडामा गठन गरिएका विभिन्न उपभोक्ता समितिहरुले योजना सम्झौता गर्नुका साथै बैंक खाता पनि खोलेका थिए । कार्यक्रममा फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बे,उपाध्यक्ष ठाकुर सिं नेम्बाङ,प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोक,योजना शाखा प्रमुख निर्मल अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
यस्तै बैंक खाता खोल्नको लागि नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड राँके शाखा प्रमुख सञ्जय रेग्मी तथा बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो । फाल्गुनन्द १,नवमीडाँडाका जननिर्वाचित प्रतिनिधीहरु तथा वडाका कर्मचारीहरुले उपभोक्ता समितिलाई योजना सम्झौता गर्न तथा बैंक खाता खोल्नको लागि सहजिकरण गरेका थिए ।
सम्पूर्ण वडामा पुगेर उक्त कार्यक्रम सञ्चालन गरिने र यसअघि फाल्गुनन्द वडा नं.६ मेहेलबोटे र वडा नं.४ को कार्यालय बरडाँडा चिलिङदेनमा उक्त कार्यक्रम सम्पन्न भइसकेको फाल्गुनन्द गाउँपालिकाले जनाएको छ ।

उपभोक्ता समितिलाई योजना सम्झौता एवं संचालनका लागि अभिमुखिकरण कार्यक्रम

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ११ : ४२ बजे