पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथरमा पहिलो पटक एक शिशुको हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । फालेलुङ गाउँपालिकाका २२ महिने शिशुको जिल्ला सदरमुकाम फिदिम स्थित गणेशमान सिंह सामुदायिक हस्पिटलमा पौष १४ गते शल्यक्रिया गरिएको हो ।
अस्पतालका सर्जन डा. प्रयास न्यौपानको नेतृत्वमा शिशुको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । डा. न्यौपाने सहित एनेसथेसियोलोजिस्ट डा. विकास बराल र एनेसथेसियोलोजिस्ट डा. रस्ना शाक्यको समूहले शिशुमा रहेको हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरेको अस्पतालका शल्यक्रिया विभाग प्रमुख सागर ढुंगेलले बताए । शिशुको शल्यक्रियाकालागि कौडल एनेसथेसिया (आधा शरीर मात्र लट्याउने) विधि प्रयोग गरिएको एनेसथेसियोलोजिस्ट डा. बरालले जानकारी दिए ।
यसैगरी, अस्पतालमा एक महिलामा रहेको एपेन्डिसाईटिस सहितओभरइनमास र डर्मोइड सिस्टको समेत पौष १६ गते शल्यक्रिया गरिएको छ । फालेलुङ गाउँपालिका ३ का ३२ वर्षीया कला साँबाको एपेन्डिसाईटिसको लक्षण देखिएपछि उपचार थालिएकोओभरइनमास (अण्डासयमा ऐजेरु पलाएको) र डर्मोइड सिस्ट समेत रहेको उपचारमा संलग्न डा. प्रयास न्यौपानेले बताए । साँबाको शल्यक्रियाकालागि स्पाईनलएनेसथेसिया (आधार शरीर मात्र लट्याउने) प्रयोग गरिएको एनेसथेसियोलोजिस्ट डा. शाक्यले बताए । उनको वायएफसीकालागि नमुना संकलन गरी प्रयोगशाला परिक्षणका लागि रेफरल ल्याबमा पठाइएको अस्पताल प्रयोगशाला विभाग प्रमुख सरिनकुमार चौधरीको भनाई छ ।

फालेलुङ गाउँपालिका७ का २२ महिने शिशुमा रहेको हर्नियाको गणेशमान सिंह सामुदायिक हस्पिटलमा शल्यक्रियागरिदै ।


अस्पतालका मेडिकल सुपरिटेन्डेन्टडा. शुभनाराण ठाकुरले पाँचथर जिल्लामा यस्ता किसिमका जटिल शल्यक्रिया हालसम्म नगरिएको दावि गरे । “हामीलाई जानकारी भएअनुसार यस्ता जटिल शल्यक्रिया जिल्लामा भएका थिएनन्” उनले भने– “हामीले शुलभ शूल्कमा यो सेवा समेत सुरुवात गरेका छौं ।” हर्निया, एपेन्डिक्स लगायतका रोगहरुको अबदेखि यही अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुने डा. ठाकुरले दिए । अस्पतालले थप गरेको सुविधावाट विरामीले यस्ता रोगको उपचारका लागि तराईका झापा, मोरङ र सुनसरी जिल्लाका अस्पताल झर्नु पर्ने बाध्यताको अन्त्य भएको अस्पतालका अध्यक्ष सन्तोष श्रेष्ठको भनाई छ । गत वैशाखदेखि सञ्चालित यस अस्पतालमा स्थापनाकालदेखि नै विशेषज्ञ डाक्टरवाट हाडजोर्नी तथा नशा सम्बन्धी शल्यक्रिया तथा उपचार हुँदै आएको छ ।

फालेलुङ गाउँपालिका ३ का ३२ वर्षीया कला साँबाको एपेन्डिसाईटिस, ओभरइनमास र डर्मोइड सिस्टको गणेशमान सिंह सामुदायिक हस्पिटलमा शल्यक्रिया गरिदै ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ७ : ३४ बजे