मंगल बेघा पाँचथर । प्रथम स्व. शेरबहादुर गुरुङ स्मृति कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता जिल्ला सदरमुकाम फिदिममा मंगलबार सुरु भएको छ । ब्याडमिन्टन संघ, पाँचथरद्धारा आयोजित प्रतियोगिताको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले अम्पायर राजु विष्टलाई कर्क हस्तान्तरण गर्दै खेलको उद्घाटन गर्नु भएको हो ।