पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल

नवमिडाँडा । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१,नवमीडाँडामा योजना सम्झौता,बैंक खाता खोल्ने,निशुल्क कृषि,पशुस्वास्थ्य तथा बाँझोपन निवारण सम्बन्धी एकदिने एकिकृत घुम्ति शिविर सम्पन्न भएको छ ।
गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधीहरु वडा कार्यालयसम्म पुगेर स्थानीय नागरिकलाई बिना झन्झट सेवा प्रदान गर्ने उद्धेश्यले उपभोक्ता समितिको योजना सम्झौता,बैंक खाता खोल्ने, पशुहरुको निशुल्क रेविज खोप सेवा तथा कृषकहरुलाई निशुल्क विउविजन वितरण सहितको एकिकृत घुम्ति शिविर सम्पन्न भएको हो ।
शिविरमा नवमीडाँडामा गठन गरिएका विभिन्न उपभोक्ता समितिहरुले योजना सम्झौता गर्नुका साथै बैंक खाता पनि खोलेका थिए । यस्तै गाउँपालिकाको पशुशाखाबाट कुकुर हरुलाई रेविज विरुद्धको निशुल्क खोप सेवा तथा कृषि शाखाबाट कृषकहरुलाई विभिन्न फलफूल तथा तरकारीको विउविजन निशुल्क वितरण गरिएको थियो ।
कार्यक्रममा फाल्गुनन्द गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोक,आन्तरिक लेखा परीक्षक दिपेन्द्र चेम्जोङ,पशुशाखा प्रमुख गोपाल घिमिरे लगायत कर्मचारीहरु तथा जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
यस्तै बैंक खाता खोल्नको लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड राँके शाखा प्रमूख सञ्जय रेग्मी तथा बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो । फाल्गुनन्द १,नवमीडाँडाका जननिर्वाचित प्रतिनिधीहरु तथा वडाका कर्मचारीहरुले उपभोक्ता समितिलाई योजना सम्झौता गर्न तथा बैंक खाता खोल्नको लागि सहजिकरण गरेका थिए ।
फाल्गुनन्द गाउँपालिकाका सम्पूर्ण वडामा सञ्चालन गर्ने लक्ष्य रहेको उक्त एकिकृत घुम्ति शिविर अधिकांश वडामा सम्पन्न भइसकेको हाम्रा सहकर्मी दिपक दुलालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  २ : ३१ बजे