पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । याक्थुङ (लिम्बू) म्यूजिक भिडियो ‘केवालुङ’ सार्वजनिक भएको छ। सन्देश सुब्बाकाे निर्देशन रहेकाे भिडियो ‘बरदान प्रोडक्सन’ युट्युब च्यानल मार्फत् आइतबार सार्वजनिक गरिएको हो।

सन्देशकै शब्द तथा फुङमा तुम्रोकको स्वर र संगीत रहेको भिडियोमा सागर केरुङ, दिपिका तुम्रोक र सिरु इङ्वा लगायतले अभिनय गरेका छन्। रोशा हाङसरुम्बा लिम्बु र सन्दिप तुम्रोकको निर्माण रहेको भिडियोको छायाङ्कन तथा सम्पादन बरदान लिम्बू इङ्वाले गरेका हुन्। श्रृङ्गार ज्योति बेघा लिम्बूको रहेको छ।

भिडियो पाँचथरको विभिन्न रमणीय स्थानहरुमा छायाङ्कन गरिएको छ। त्रिकोणात्मक प्रेमकथा देखाइएको भिडियोमा प्रेम र विश्वासलाई कसैले कुल्चिन नहुने सन्देश रहेको निर्देशक सुब्बाले बताए। सेवा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतको एरेन्ज कृष्णभक्त राईको रहेको छ।

भिडियाे हेर्न याे लिङ्कमा क्लिक गर्नुहाेस्- https://www.youtube.com/watch?v=MkSDstS-Jfk

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ५ : ०४ बजे