पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । फिदिम नगरपालिका- १ फेमे खोला स्थित फिदिम फालोट सडक खण्डमा बिहिबार अपरान्ह टिफर दुर्घटना हुँदा दुई जना घाईते भएका छन् ।

घाईते हुनेमा टिफर चालक धनकुटा पाखर्रीवास घर भई हाल जिल्ला सुनसरी धरान उपहानगरपालिका- १३ बेस क्याप बस्ने ३२ बर्षीय अशोक राना मगर र फिदिम ११ झुसेनीका २४ बर्षीय प्रताप दर्नाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुमित कुस्वाहाले बताए । घटनाको जानकारी पाउन साथ घाईतेद्वयको उद्धार गरी जिल्ला अस्पताल ल्याइएको प्रहरी निरिक्षक कुस्वाहाले जानकारी दिए ।

घाईते चालकको दाहिने आँखाको छेउमा घसारिएको चोट, दाहिने खुट्टाको नलि भाँचिएको र टिफरमा सवार दर्नालको बाहिरी भागमा चोट नरहेको जिल्ला अस्पतालले जनाएको छ ।

नांगिनबाट फिदिमतर्फ आउदै गरेको ना ८ ख २२६ नम्बरको खाली टिफर आफै अनियन्त्रीत भई फेमे खोलाको पक्कि पुलवाट खाेलामा झरी दुर्घटना भएकाे हाे । टिफरले करिब ७० फिट बार भत्काई पुलबाट अन्दाजी १६ फिट तल खोलामा झरेकाे थियाे।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ८ : १७ बजे