पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । फिदिम नगरपालिका, २ नम्बर वडा कार्यालयले युवा-विद्यार्थीहरुलाई उद्घोषण एव प्रस्तावना लेखन तालिम प्रदान गरेको छ । वडा कार्यालयको आर्थिक सहयोगमा पावर पोष्ट मिडिया प्रा.लि. को आयोजनामा तालिम सम्पन्न भएको हो ।
पौष २६ गते देखि २९ गते सम्म संचालित ४ दिने तालिममा वडाका ३२ जना युवा-विद्यार्थी सहभागी भएका छन । वडाका १२ पुरुष र २० महिला तालिमबाट लावन्वित भएका छन ।
बडा कार्यालयको चालु आ.ब.को संस्थागत विकास तथा सेवा प्रवाह शिर्षक अन्तर्गत विनियोजन भएको बजेटबाट युवा लक्षित कार्यक्रम अन्तर्गत तालिम संचालन गरिएको वडाध्यक्ष दिननाथ अधिकारीले जानकारी दिए । उनका अनुसार, ”वडामा ८ वटा टोल विकास संस्थाहरु गठन भई क्रियाशिल रहेका र ति टोल विकास संस्थामा आवद्ध परिवारका युवा सदस्यहरुलाई तालिम प्रदान गरिएको हो । आगामी दिनमा तालिम लिने युवाहरुनै नेतृत्व तहमा आउन सकुन, साना तिना कार्यक्रम तयार गरि नगरपालिका, सम्बन्धित निकाय र वडामा कार्यक्रम माग गर्न सकुन, वडाका समस्याहरुलाई पहिचान गरि समाधान गर्न युवाहरुको अग्रसरता रहोस भन्ने उदेश्यका साथ युवाहरुको क्षमता विकास गरिएको हो ।”


टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र अधिकारी, मातृका हुमागाई, मणीराज राई, रामचन्द्र नेपाल, वेदमाया बजगाईले टोल विकासको भूमिका विस्तार गरि संस्थालाई भरपुर परिचालन गर्न नगरपालिकाको कार्यालय र वडा कार्यालयलाई सुझाव दिएका छन ।


उद्घोषण तालिमको आवश्यक्ता र माग समुदाय स्तरमा धेरै भएको हुनाले आगामी बर्ष थप तालिम संचालन गरिने वडा सदस्य कमला तुम्बापोले जानकारी गराईन । वडा सदस्य मन्जु वि.क. ले महिलाहरुलाई समाजिक गतिविधिमा सक्रिय गराउन भाषणकलाको तालिम आवश्यक भएकोले महिला लक्षित कार्यक्रममा प्राथमिक्ता दिनु पर्ने भनाई छ ।
सौर्य दैनिकका पाँचथर प्रतिनिधि कृष्ण ओझाले समापन मन्तब्य राख्दै वडाले कृषि र पशुपालनको क्षेत्रलाई उच्च प्राथमिक्ता प्रदान गरि कार्यक्रम संचालन गर्न सुझाव दिए । वडा सचिव विनय रम्तेलले वडाका यस बर्षका कार्यक्रम करिब ९५ प्रतिशत सम्पन्न गरिएको बताए । समापन कार्यक्रम पावर पोष्ट प्रा.लि. का अध्यक्ष युधिष्ठिरराज आमगाईको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।
तालिमको सहजिकरण पावरपोष्ट मिडिया प्रा.लि.का अध्यक्ष युधिष्ठिरराज आमगाई र महिला शक्ति विकास केन्द्रकि कोर लिडर मुना भट्टराईले गरेका थिए ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ५ : ३९ बजे