पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । पाँचथरको फालेलुङ-२ जोरपाटिका मान बहादुर गुरागाईले आत्महत्या गरेका छन् । शनिबार दिउसो आफ्नी श्रीमतीलाई खुकुरी प्रहार गरी सख्त घाइते बनाएपछी उनले आत्महत्या गरेका हुन् ।
खुकुरी प्रहार गरि फरार रहेका गुरागाईलाई खोज्ने क्रममा नजिकैको मल्लिडे जंगलमा आइतबार विहान झुन्डिएर अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पाँचथर प्रहरीका अनुसार घाइते बिमलाको टाउको र बायाँहातमा चोट लागेको छ । घाइतेको जिल्ला अस्पताल पाँचथरमा उपाचार हुन नसके पछि थप उपचारकोलागी झापा स्थित बि.एण्ड सि. लगिएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । मृतक गुरागाई बर्ष ४० का र श्रीमती बिमला गुरागाई ३६ बर्षका रहेका छन ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ५ : २३ बजे