पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम। आफ्नै श्रीमतीको खुकुरी प्रहार गरि हत्या गरि फरार रहेका तुम्बेवा गाउँपालिका–५ हाङगुमका असफल भनिने नरध्वज कुरुम्बाङ पक्राउ परेका छन्।

प्रहरीले उनलाई शनिबार विहान हाङ्गुमको पखेरे टोलमा बाटोमा हिड्दै गरेको अवस्थामा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक दिवश कुँवरको नेतृत्वमा खटीएको टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई अहिले सदरमुकाम ल्याइदैछ।

अभियुक्तले बिहीबार मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेस्थित ससुरालीघरमा पारिवारिक बिवादको क्रममा आफ्नै श्रीमती ३५ बर्षीया गोमा फियाकको खुकुरी प्रहार गरी हत्या गरेका थिए।

अभियुक्तको फोटो उपलब्धः जिल्ला प्रहरी कार्यायल, पाँचथर

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ९ : ५१ बजे