फिदिम । पाँचथरमा पहिलो पटक एक शिशुको हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । फालेलुङ गाउँपालिकाका २२ महिने शिशुको जिल्ला सदरमुकाम फिदिम स्थित गणेशमान सिंह सामुदायिक हस्पिटलमा पौष १४ गते शल्यक्रिया गरिएको हो । अस्पतालका सर्जन डा. प्रयास न्यौपानको नेतृत्वमा शिशुको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ