पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । ट्याक्टरबाट झरेर दई जना बालिका-दिदिबहिनीको मृत्यु भएको छ । मेची राजमार्ग फिदिम-ताप्लेजुङ खन्ड अन्तर्गतको हिलिहाङ गाउँपालिका ७ भारापा-साम्मेवामा ट्याक्टरबाट झरेर दुई वालिकाको बुधबार विहान करिब ९ः१५ बजे ज्यान गएको हो ।
ट्याक्टर चढेर जय भवानी आधारभुत विद्यालय, टारी जाँदै गरेका १२ बर्षिय पुजना सुवेदी र १० बर्षिय गंगा सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मृतक बालिकाहरु एकाघरका दिदिबहिनी हुन । हिलिहाङ गा.पा. ७ भारापा-साम्मेवाका कमल सुवेदिका छोरीहरु भएको प्रहरीले जानकारी दिएको छ ।
चालकको सिटको छेउमा बसेका दुई विद्यार्थी ट्याक्टरबाट झरेपछि ट्याक्टरले किचेर मृत्यु भएको प्रहरीले बताएको छ । दुई विद्यार्थी ट्याक्टरले किचेपछी चालकले हाम फाल्दा ट्याक्टर थप दुर्घटना हुनगई ट्रलीमा बालुवामाथि बसेका अन्य दुई विद्यार्थी सामान्य घाइते भएका छन् । घाईतेहरु भारापा-साम्मेवाकै बर्ष ११ कि रेश्मा बराईलीको बायाँ खुट्टामा चोटलागेको र १० बर्षिया सोनीया अधिकारी सामान्य रहेको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । उनीहरुको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
तीव्र गतिका कारण विद्यार्थी ट्याक्टरबाट झरेको अनुमान गरिएको छ । ट्याक्टरका चालक तथा सहचालक फरार छन् । मे १ त २९६१ नम्बरको ट्याक्टर हेवाखोलाबाट बालुवा लिएर जोरपोखरी बजार तर्फ जादै गरेको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  १ : ०३ बजे