पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

फिदिम । कर्मचारी र जनप्रतिनिधि सम्मिलित खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख युगमणि सवेहाङ र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तेजबहादुर तुम्बापोको जोडिले हात पारेको छ ।
कर्मचारी मिलन केन्द्रद्धारा आयोजित प्रतियोगिताको फिदिम स्थित जिल्ला समन्वय समितिको कर्वडहलमा शनिबार सम्पन्न फाईनलमा जिल्ला समन्वय समितिका प्रमुख राजराज आङदेम्बे र जिल्ला अस्पतालका शैलेश आङदेम्बेको जोडिलाई १७– २१, २१– १८ र २४– २२ को सेटमा पराजित गर्दै सो जोडिले उपाधि हात पारेको हो । उपाधि विजेताले पुरस्कार २५ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र हात पारे भने उपविजेताले १५ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाए । यसैगरी, जिल्ला अदालतका लेखा अधिकृत रमेश खत्री र जिल्ला प्रशासनका सन्तोष राईको जोडिले जिल्ला प्रहरी कार्यालयका डम्बर घिमिरे र युवराज भट्टराईको जोडिलाई २४–२२ र २१–१७ को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारे । तेस्रो स्थान हात पार्ने खेलाडीले पुरस्कार २५ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र हात पारे भने उपविजेताले १० हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र पाए ।


बुद्ध जयन्ती, उभौली पर्व तथा चण्डी पूर्णिमाका अवसरमा आयोजित प्रतियोजितामा पाँचथर जिल्लामा कार्यरत कर्मचारी र जननिर्वाचित प्रतिनिधिहरु सम्मिलित ४१ टिम सहभागि भएको केन्द्रका अध्यक्ष युगमणि सवेहाङले बताउनु भयो । जनप्रतिनिधि र कर्मचारीबीच आपसी सदभाव तथा भातृव्व अभिवृद्धि गर्न कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।
ब्याडमिन्टन संघ, पाँचथरको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा मेन्स डबल्स विधाका मात्र खेलहरु सञ्चालन गरिएकााे थिए । प्रतियोगिताको उद्घाटन र समापन समारोहमा मैत्रीपूर्ण खेल समेत आयोजना गरिएको थियो । प्रतियोगिता सम्पन्न गर्न पाँचथरका स्थानीय तहहरु, व्यवसायी लगायतले सहयोग गरेका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ८ : २२ बजे