पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । प्रेस चौतारी नेपाल, पाँचथर शाखाको वार्षिक साधारणसभा शनिवार फिदिममा सम्पन्न भएको छ । साधारणसभाले पाँचथरका श्रमजिवी पत्रकार एवं संचारकर्मिहरुको हित, स्थानीय सञ्चार माध्यमहरुको सम्बर्द्धन तथा संगठन सुदृढिकरणका लागि विभिन्न निर्णयहरु समेत गरेको छ ।

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि नेकपा (एमाले) पाँचथर जिल्ला कमिटीका अध्यक्ष राजकुमार भण्डारी, एमाले पाँचथरका प्रचार विभाग प्रमुख तुलसी थापा, प्रेस चौतारीका केन्द्रीय सदस्य सन्दीप राई, प्रेस चौतारी कोशी प्रदेशका अध्यक्ष अबिजाल विष्ट, प्रेस चौतारी पाँचथरका संस्थापक अध्यक्ष प्रेम ओझा, नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष गिरिराज बाँस्कोटा, प्रेस युनियन पाँचथरका अध्यक्ष खविन लुइटेल लगायतले शुभकामना मन्तब्य राखेका थिए । साधारणसभामा स्वागत मन्तब्य राख्दै प्रेस चौतारी पाँचथरकी उपाध्यक्ष दुर्गा खनालले संगठनका नीति तथा कार्यक्रमको पुनर्मूल्याङ्कन, पत्रकारितालाई थप जनपक्षीय बनाउन वहस गर्ने उद्देश्यले साधारणसभा आयोजना गरिएको जानकारी दिईन ।

प्रेस चौतारी नेपाल, जिल्ला शाखाहरुको साधारणसभा अन्तर्गत कोशी प्रदेशमा पहिलो साधारणसभा गर्ने पाँचथर शाखा भएको छ । प्रमुख अतिथि अध्यक्ष गणेश बस्नेतले पत्रकारिताले सत्यलाई स्थापित गर्नुपर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्न मद्दत गर्नुपर्ने, सकारात्मक प्रयासहरुलाई सामूहिक रुपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए । एमाले अध्यक्ष भण्डारीले पत्रकारिताका सबै फोरमहरुलाई साझा बनाउन सुझाव दिए । उद्घाटन कार्यक्रमको समापन पछि सम्पन्न बन्द सत्रमा शाखा अध्यक्ष रवीन्द्र काफ्लेले पेश गरेको प्रतिवेदन सुझाव सहित पारित भएको छ । प्रतिवेदनमाथि चौतारीका पूर्व केन्द्रीय सदस्य युधिष्ठिरराज आमगाईं, प्रदेश कमिटी सदस्यद्वय रमेश थापा र दिलकुमारी तामाङले सुझाव दिनुभएको थियो भने बन्द सत्रलाई एमाले प्रचार विभागका उपप्रमुख शान्तिदेवी राई, युधिष्ठिरराज आमगाईं र सहमान विश्वकर्मा लगायतले सहजिकरण गरेका शाखा अध्यक्ष काफ्लेले बताए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  १ : ५३ बजे