पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर। पाँचथरको फालेलुङ गाउँपालिका – ३ थकेपुङमा आइतबार दिउसो २ बजे आगालागी हुदाँ दुई वटा घर जलेर नष्ट भएको छ । एउटा घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
स्थानीय महेन्द्र मादेनको घरमा विद्युत सट भई सुरु भएको आगालागीबाट महेन्द्रको घर पूर्ण रुपमा जलेको छ । अनियन्त्रित भई फैलिएको आगालागीबाट महेन्द्रका दाई कृष्ण मादेनको घर पनि जलेर सखाप भएको छ । त्यसैगरी उहाँकै दाई मनबहादुर मादेनको घर पनि आगोले जलाएको छ । मानबहादुरको घरमा आंशिक क्षति पुगेको छ । तीन घरमा आगालागी हुदा जम्मा ५४ लाख रुपियाँ बराबरको धनमाल नोक्सान भएको प्रहरी भनाइ छ । दिउसो आगालागी भएकाले चाँडै आगो नियन्त्रणमा सहज हुनुका साथै चौपाया तथा मानविय क्षति हुन पाएन । नजिकैको मेमेङ इलाका प्रहरी कार्यालयबाट गएको सुरक्षाकर्मीसहित स्थानीयवासी नब्बे जनाको समु्हले ३ बजे आगालागी नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक हरि खतिवडाले बताए ।

फोटो सौजन्यः जिल्ला प्रहरी कार्यालय, पाँचथर

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ८ : ३९ बजे