पाँचथर । बैशाख ३० गते तय भएको स्थानीय तह निर्वाचनको मतदानअघि नै तीन जना गाउँपालिका अध्यक्षसहित ३९० जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले प्रकाशन गरेको एक लाख ४५ हजार १० जना उम्मेदवारको अन्तिम नामावलीमध्ये ३९० जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन् ।