पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर । पाँचथरको सदरमुकाम फिदिम बजारमा सञ्चालन भएको आँखा शिविरमा २ सय ५० जनाको शल्यक्रिया र १ हजार ८ सय ६ जनाको आँखा परिक्षण गरिएको छ ।
फिदिम नगरपालिकाको आर्थिक सहयोग, मेची आँखा अस्पताल झापा, विर्तामोडको प्रविधिक सहयोगमा स्थानिय गैरसरकारी संस्था जनसेवा समाज पाँचथरले असोज १ देखि ४ गते सम्म पाँचथर अस्पतालमा शिविर संचालन गरेको हो ।
शिविरमा मोतियाविन्दु लगायतका जटिल समस्या भएका विरामीको शल्यक्रिया गरिएको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले बताए । उनका अनुसार – पाँचथर, ताप्लेजुङ्ग र तेह्रथुमको आठराई क्षेत्रका नागरिकले सेवा प्राप्त गरेको छन ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ९ : ४२ बजे