पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल, नवमिडाँडा
पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं १, नवमीडाँडामा रहेको बालविकास आधारभूत विद्यालय भोगटेनीमा एक छोरीले स्वर्गिय आमाको नाममा ५१ हजार १ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरिदिएकी छन ।
स्वर्गिय आमा शुकमाया चेम्जोङ आङ्देम्बकोे स्मृतिमा छोरी निर्मला आङ्देम्बेले उक्त विद्यालयमा अक्षयकोष स्थापना गरिदिएकीे हुन । आफूले प्राारम्भिक शिक्षा हासिल गरेको विद्यालयमा आमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गरिदिएको अक्षयकोषदाता निर्मला आङ्देम्बेको भनाइ छ ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बिच शुकमाया चेम्जोङ आङ्देम्बे स्मृति अक्षयकोष स्थापना गरी ५१ हजार १ सय ५५ रुपैयाँ रकम विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पाण्डेलाई हस्तान्तरण गरिएको छ । अक्षयकोष रकम हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।
अक्षयकोषको ब्याजबाट उक्त विद्यालयमा अध्ययन गरी प्रत्येकवर्ष कक्षा ३ र कक्षा ४ मा प्रथम स्थान हासिल गरेका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पाण्डेले बताए । शुकमाया चेम्जोङ आङ्देम्बेको निधन भएकै दिन प्रत्येकवर्ष भदौ २९ गते राष्ट्रिय बालदिवसका दिन उक्त छात्रवृत्ति पुरस्कार वितरण गरिने प्र.अ. पाण्डेले जानकारी दिए । शुकमाया चेम्जोङ आङ्देम्बेको २०७८ साल भदौ २९ गते निधन भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल कुमार आङ्देम्बेले अक्षयकोष स्थापना गरिदिने अक्षयकोषदातालाई धन्यवाद दिए । उनले उक्त विद्यालय सेवाक्षेत्रका बालबालिकाहरुको पढाइमा अक्षयकोष छात्रवृत्तिले हौसला प्रदान गर्ने विश्वास समेत व्यक्त गरेका छन ।

अक्षयकोष बापतको रमक हस्तान्तरण गर्दै निर्मला आङ्देम्बे ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ११ : ५२ बजे