पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल, नवमीडाँडा
तिजोक यूवाक्लव नवमीडाँडाको आर्थिक वर्ष २०७८ र ०७९ को आयव्यय सार्वजनिकिरण एवं सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रम फाल्गुनन्द गाउँपालिका वडा नं.१,नवमीडाँडामा सम्पन्न भएको छ ।
गत आर्थिकवर्षको आयव्ययको प्रस्तुती तथा क्लवलाई सहयोग गर्ने महानुभावहरुलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा उक्त क्लवले आर्थिक वर्ष २०७८र०७९ मा ८ लाख ५३ हजार ३ सय ५ रुपैयाँको आय तथा ७ लाख ३८ हजार ४ सय ७७ रुपैयाँ खर्च गरी १ लाख १४ हजार ८ सय २८ रुपैयाँ बचत रहेको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
यस्तै नयाँवर्ष २०७९ को अवसरमा तिजोक यूवा क्लवले आयोजना गरेको विभिन्न खेलकुद कार्यक्रममा आर्थिक सहयोग गर्नुहुने महानुभावहरुलाई प्रशंसापत्रद्धारा सम्मान गरिएको छ । खेलकुद कार्यक्रमलाई सफल पार्नका लागि स्थानिय समाजसेवी,वुद्धिजिवी,व्यवसायी,संघसंस्था तथा विभिन्न ठाउँमा रहेर क्लवलाई अर्थिक सहयोग गर्नुहुने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा जननिर्वाचित प्रतिनिधिहरु, समाजसेवी वुद्धिजिवी, संघसंस्थाका प्रतिनिधीहरु, तिजोक यूवा क्लवका पदाधिकारी तथा संस्थापकहरु,सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम फाल्गुनन्द गाउँपालिका वडा नं.१ का वडाध्यक्ष होम प्रसाद आङ्देम्बेको प्रमुख आतिथ्यता र तिजोक यूवाक्लवका अध्यक्ष हेमराज आङ्देम्बेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ७ : ३६ बजे