पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल
राष्ट्रिय बालदिवसको अवसरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका १ स्थित सिद्धेश्वरी मावि सुर्केनागीमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु सम्पन्न भएका छन् ।
विभिन्न विद्यालयहरुको सहभागितामा आधारभूत तह (कक्षा १–५) स्तरीय हाजिरीजवाफ प्रतियोगिता,आधारभूत तह(कक्षा ६–८) स्तरीय वक्तृत्वकला प्रतियोगिता र मध्यमिक तह (कक्षा ९–१०) स्तरीय पनि वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
फाल्गुनन्द १,नवमीडाँडाका सम्पूर्ण विद्यालयहरु तथा फिदिम नगरपालिकाका केहि विद्यालयहरुको सहभागिता रहेको आधारभूत तहको हाजिरीजवाफ प्रतियोगितामा सिद्धेश्वरी मावि सुर्केनागी प्रथम,हरिनाथ आवि,सखेवा द्धितिय र वालविकास आवि भोगटेनी तृतिय भएका छन् ।
यस्तै आधारभूत तह (कक्षा ६–८) को ‘‘अन्धविश्वास र भेदभाव न्यूनिकरणमा विद्यार्थीहरुको भूमिका” शिर्षकमा भएको वक्तृत्वकलामा सिद्धेश्वरी मावि सुर्केनागीका प्रदिप लुइँटेल प्रथम,सिद्धदेवी मावि नवमीडाँडाका मनोज बराल द्धितिय,भगवती मावि सिवाका प्रयास तुम्रोक तृतिय र सिद्धेश्वरी मावि सुर्केनागीका निर्मल दुलाल शान्त्वना भएका छन् ।
‘‘शिक्षामा प्रविधि तथा सूचना सञ्चारको विस्तार दक्ष जनशक्ति उत्पादनको आधार” शिर्षकको मावि (कक्षा ९–१०) को वक्तृत्वकला प्रतियोगितामा सिद्धदेवी मावि नवमीडाँडाकी विरता आङ्देम्बे प्रथम,सिद्धेश्वरी मावि सुर्केनागीकी सपना चापागाईं द्धितिय,भगवती मावि सिवाका सन्देश फेजुङ तृतिय र लुम्फाबुङ मावि,लुम्फाबुङका दिप्ती लावती शान्त्वना भएका छन् ।
प्रतियोगिताका विजेता विद्यार्थी तथा विद्यालयहरुलाई कार्यक्रमका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिका वडा नं.१ का वडाध्यक्ष होम प्रसाद आङ्देम्बेले प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा सहभागि सम्पूर्ण विद्यालयहरुलाई मायाको चिनो उपहार र सहभागिताको प्रमाणपत्र प्रदान गरिएको सो विद्यालयले जनाएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु,शिक्षक अभिभावक संघका पदाधिकारीहरु,जननिर्वाचित प्रतिनिधीहरु,समाजसेवी,वुद्धिजिवी,अभिभावकहरु तथा विद्यालयका सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो । प्रतियोगितात्मक कार्यक्रमहरु सँगै आयोजक विद्यालय सिद्धेश्वरी मावि सुर्केनागीका विद्यार्थीहरुको सांगितिक प्रस्तुती समेत रहेको थियो ।
कार्यक्रम वडाध्यक्ष होम प्रसाद आङ्देम्बेको प्रमूख आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द दुलालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ११ : ५९ बजे