पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फालेलुङ । फालेलुङ गाँउपालिकामा गठन भएका टोल विकास सस्थाहरुको लागि ८ दिन क्षमता विकास तालिम कार्यक्रम सम्पन्न भएको छ ।
गाँउपालिकाका ८ वटै वडामा गठन भएका ३९ वटा संस्थाहरुका १ सय २० पदाधिकारीहरुलाई भाद्र ०४ गते देखि ११ गते सम्म ३० जनाको ४ वटा सहभागि समूहलाई २ दिने तालिम प्रदान गरिएको हो ।
आर्थिक बर्ष ०७९/०८० देखि वडामा संचालन हुने विकास योजना, आयोजना, कार्यक्रम एवं अभियानहरु टोलविकास संस्था मार्फत संचालन गरिने उदेश्य अनुरुप टोल विकास संस्था गठन गरि क्षमता विकास गरिएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बरबहादुर आङदाम्बेले जानकारी दिएका छन ।
गाँउपालिकाले आफ्नो- ‘फालेलुङ गाँउपालिकाको उपभोक्ता समिति गठन तथा परिचालन सम्बन्धि कार्यविधि २०७५’ लाई खारेज गरि ‘फालेलुङ गाँउपालिकाको टोल विकास संस्था गठन एवं परिचालन ऐन २०७९’ कार्यान्वयन ल्याएको गाँउपालिकाका अध्यक्ष विरविक्रम थाम्सुहाङ बताए । उनले भने, ‘हामीले विगतमा उपभोक्ता समिति मार्फत काम गर्दै आएका थियौ । वडा भित्र संचालन हुने सवै योजनाको छुट्टा छुट्टै समिति बनाउने पर्ने जटिलता र नागरिकलाई हैरानी हुने भएकोले यो बर्ष देखि स्थाई प्रकृतिको संस्था मार्फत योजनाको छनौट, प्राथमिकिकरण, कार्यान्वयन एवं संचालन गरिने छ । यो प्रक्रियाबाट गाँउपालिका अगाडी बढ्ने र आगामी २ बर्षमा गाँउपालिकाले समाज रुपमान्तरण र सुशासनको प्रारम्भिक नतिजा देखाउने सक्ने विश्वास रहेको छ ।’
तालिमको सहजिकरण ममता ट्रेनिङ एन्ड रिसर्च ईन्टिच्यूट प्रा. लि. काठमान्डौले गरेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ७ : ०२ बजे