काठमाडौं – सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र गर्न प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिएको छ । शनिबार दोस्रो पटक साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले यस्तो सुझाव दिएको बैठकपछि काँग्रेस नेता तथा सञ्चारतथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएको हो