पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

बुटवल –  एक महिलालाई अपहरण गरी हत्या गरेको अभियोगमा एक जना जनप्रतिनिधिसहित ३ जना माओवादी केन्द्रका कार्यकर्ता पक्राउ परेका छन् ।

रुकमु पुर्वको पुथा उत्तरगंगा गाउँपालिका–११ का वडा अध्यक्ष जयकुमार बुढा, उहाँका भाई अर्जुन बुढा र नेकपा माओवादी केन्द्रको तर्फबाट उक्त वडामा अध्यक्ष पदमा उम्मेदवार बनेका कुमार सिंह बुढालाई रुकुम प्रहरीले नियन्त्रणमा लिएको हो ।

बैशाख १९ गते स्थानीय टक्सेरा गाउँमा निर्वाचन प्रचार प्रसारका क्रममा विवाद भएपछि विवाद मिलाउन पुगेकी स्थानीय ३९ वर्षीय डुथी बुढा भन्ने जुङमाया बुढालाई माओवादी कार्यकर्ताहरुले अपहरण गरेर लगेका थिए ।

माओवादी कार्यकर्ताको अपहरणमा परेकी बुढालाई खोज्ने क्रममा रुकुम प्रहरीले टक्सेरा देखि करिब ४ किलोमिटर माथि जंगलमा कानमा रगत बगेको र निवस्त्र अवस्थामा मृत फेला पारेको रुकुम प्रहरीले जनाएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन भएको पुथा उत्तरगंगामा नेकपा माओवादी केन्द्रसँग समय समयमा विवाद उत्पन्न हुने तथा दुई समूहबीच झडप हुने हुँदै आएको छ ।

मृतक जुङमाया बुढाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोष्टमार्टमका लागि ल्याइएको छ । मृतक बुढाको माओवादी केन्द्रका उम्मेदवार र वडा अध्यक्ष लगायतले बलत्कार गरी बिभत्स ढंगले हत्या गरेको एमाले पोलिटब्युरो सदस्य माधव शर्माको दावी छ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ८ : ३४ बजे