पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

फिदिम । स्थानीय तह निर्वाचन अवधिभरका लागि पाँचथरमा भोलि (मंगलबार) देखि मादक पदार्थ विक्री वितरण तथा सेवन गर्न निषेध गरिएको छ ।

मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि जिल्लाभर मदिराजन्य पदार्थ बिक्रि वितरण गर्न अथवा सेवन गर्न रोक लगाएको जिल्ला प्रशासन कार्यलय पाँचथरले जनाएको छ ।

अनुमति लिएका बाहेकका सवारी साधन मतदान कार्य सम्पन्न नभएसम्म सञ्चालन नगर्न आग्रह गरिएको छ । प्रशासनको निर्णय विपरित कार्य गरेमा कानुन बमोजिम कारबाही हुने जिल्ला प्रसासन कार्यलय पाँचथरले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ४ : ५२ बजे