पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएकालाई पनि मतदान गर्न मिल्ने व्यवस्था गर्ने जनाएको छ।

आयोगले आफ्नो परिचय खुल्ने आधिकारिक कागजातका आधारमा मतदान गर्न दिने तयारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। मतदाता परिचयपत्र भएकाहरुले भने सजिलै मतदान गर्न सक्नेछन्।

सोमबार नियमित पत्रकार सम्मेलनमा पौडेलले ५ सयभन्दा बढी मतदाता भएका मतदान केन्द्रमा ८ जना र ५ सयभन्दा थोरै मतदाता भएका केन्द्रमा ७ जना कर्मचारी खटिने जानकारी दिएका छन् । आयोगले विभिन्न सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएका निर्वाचन आचारसंहिता विपरीतका सामग्री भोलिसम्म हटाउन पनि निर्देशन दिएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ३ : १९ बजे