पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

काठमाडौं । नेपालबाट हराएका दुई वटा कलात्मक सांस्कृतिक सम्पदा बेलायतले फिर्ता गरेको छ । लण्डनस्थित नेपाली दूतावासमा शुक्रबार आयोजित कार्यक्रममा लण्डन महानगरीय प्रहरी कार्यालयका गुप्तचर निरीक्षक जोन रोचले नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई तोरन र मूर्ति हस्तान्तरण गरेका छन् ।

नेपाललाई हस्तान्तरण गरिएका कलाकृतिमा १६ औं शताब्दीमा काठमा कुँदिएको तोरन र १८ औं शताब्दीको नमस्कार मुद्रासहित घुँडा टेकेका भक्तको ढुङ्गाको मूर्ति छ ।

काठमाडौँको हनुमानढोका दरबारक्षेत्रको पूर्वपट्टि रहेको कुमारी बहालबाट सन् १९८०–१९९० को दशकमा तोरन हराएको थियो । घुँडा टेकेको भक्तको मूर्ति ओम बहाल नजिकैको मञ्जुश्री मन्दिरको भएको बताइएको छ ।

बेलायतले फिर्ता गरेका ती सामग्री नेपाल सरकारलाई पुरातत्व विभागमार्फत हस्तान्तरण गरिने नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ४ : २६ बजे