पाकिस्तानमा सैनिकहरू चढेको एउटा रेललाई निसाना बनाएर गरिएको बम विस्फोटनमा परी कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। आइतवार बिहान भएको उक्त घटनामा अरू ७० जना घाइते भएका छन्। बलोचिस्तान क्षेत्रको राजधानी क्वेटामा अवस्थित चमन फाटक स्टेशन हुँदै अगाडि बढ्ने क्रममा रेलमा विस्फोटन भएको