पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

५ असार, पाँचथर । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को वार्षिक परीक्षामा ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

बाेर्डद्वारा प्रकाशित नतिजा अनुसार नियमिततर्फ ६९.७५ र आंशिकतर्फ ४२.३८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका हुन् । दुवै तर्फकाे नतिजालाई हेर्दा समग्रमा गत वर्षभन्दा ८.५८ प्रतिशतले बढेर ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन् ।

कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ गरी कुल ४ लाख १८ हजार १७० परीक्षार्थी सहभागी भएका थिए। यसमध्ये नियमिततर्फ २ लाख ३१ हजार ७७० र आंशिकतर्फ ३६ हजार ४२० जना गरी कुल २ लाख ६८ हजार १९० परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्।

बोर्डले परीक्षामा अनियमितता गरेको भन्दै ४० परीक्षार्थीलाई कारबाही गरेको छ । तीमध्ये ३८ जनाको चालु खण्डका सबै विषयको परीक्षा रद्द गरिएको छ भने दुई परीक्षार्थीको परीक्षा रद्द गर्नुका साथै आगामी एक वर्षसम्म बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने निर्णय गरेको छ।

बोर्डले प्रकाशन गरेका नजितामा पुर्नयोगको पनि व्यवस्था गरेको छ । यसका लागि प्रति विषय एक हजार रुपैयाँ शुल्क तिरेर असार ६ गते बिहान ११ बजेदेखि असार १२ गते साँझ ५ बजेसम्म अनलाईन मार्फत पुनर्योगको आवेदन दिन सक्नेछन्।

बोर्डका अनुसार परीक्षाफल बोर्डको वेबसाइट result.neb.gov.np र neb.gov.np, नेपाल टेलिकमको वेबसाइट , एसएमएस, आईभीआर तथा यूएसएसडी सेवामार्फत हेर्न सकिने छ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  १ : ५९ बजे