पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

२७ जेठ, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको हस्तक्षेप पूर्णरूपमा बन्द नभए नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल निलम्बन गर्ने अन्तिम चेतावनी दिएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ५ दिनअघि (५ जुन २०२६ मा) प्राप्त गरी हालै सार्वजनिक गरेको संयुक्त पत्र अनुसार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत जेठ २ गते (१५ मे) एन्फामाथिको निलम्बन फुकुवा गरे पनि चैत १२ गते (२५ मार्च) चालेका अन्य कदमहरू अझै फिर्ता लिएको छैन ।

राखेपले एन्फालाई निर्वाचन रोक्न, विधान संशोधन गर्न र जिल्ला संघहरूको निर्वाचन गराउन दिएको सो निर्देशनलाई फिफा र एएफसीले ‘तेस्रो पक्षको अनुचित हस्तक्षेप’ ठहर गरेका छन् ।

फिफा र एएफसीले एन्फा महासचिव किरण राईमार्फत राखेपलाई ध्यानाकर्षण गराउँदै आगामी जेठ २८ गतेभित्र राखेपको चैत १२ को निर्णय पूर्णरूपमा खारेज गरिएको लिखित प्रतिबद्धता माग गरेका छन् ।

यदि तोकिएको समयसीमा भित्र चित्तबुझ्दो जवाफ नआएमा नेपाललाई तत्काल निलम्बन गर्नका लागि यो मुद्दा फिफा काउन्सिलमा लगिने पत्रमा स्पष्ट पारिएको छ ।

अनलाइन खबरवाट

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  १ : २६ बजे