भावी प्रधानमन्त्रीका आकाङ्क्षीमध्येका दुई जना, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाण्डू महानगरपालिकाका पूर्वमेअर बालेन्द्र शाह ‘बालेन’ एउटै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा छन्। आगामी फागुन २१ गते हुने निर्वाचनको मतपरिणाम आउँदा झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट ओली र बालेनमध्ये कम्तीमा एक जना पराजित हुने निश्चित छ।