१८-वैशाख, पाँचथर । रोल्पामा भएको जिप दुर्घटना परी विहिबार २० जनाको मृत्यू भएको छ भने १ घाईते भएका छन् । जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन गएका यात्रुहरू लु १ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ठुलो मानवीय क्षती भएको हो ।
भौगोलिक कठिनाईका कारण घटना लगत्तै मृतकहरुको लास उद्धार तथा सनाखत गर्न कठिनाई भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार सवै मृतकको शव सनाखत गरी आफन्तलाई जिम्मा गराइएको छ ।
घटनामा हाम फालेर बाँच्न सफल एक यात्रुको भने सामान्य उपचार पछि घर फर्किएका प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मृतहरुको विवरण निम्नानुसार रहेको छ ।
मृतकहरुको विवरण:
१. गोर्ख बहादुर बुढाथोकी (३२ वर्ष), सिस्ने–५, टाकुरा, रुकुम पूर्व
२. तिलकुमारी बुढाथोकी (५३ वर्ष), सिस्ने–५, टाकुरा, रुकुम पूर्व
३. युवा बुढाथोकी (२८ वर्ष), सिस्ने–५, टाकुरा, रुकुम पूर्व
४. दिव्यन बुढाथोकी (१० वर्ष), सिस्ने–५, टाकुरा, रुकुम पूर्व
५. सृजना बुढाथोकी (२४ वर्ष), सिस्ने–५, टाकुरा, रुकुम पूर्व
६. सुदीप बुढाथोकी (१३ वर्ष), सिस्ने–५, टाकुरा, रुकुम पूर्व
७. ओमकुमारी बुढाथोकी (४० वर्ष), सिस्ने–५, टाकुरा, रुकुम पूर्व
८. मीना कामी (६० वर्ष), सिस्ने–५, टाकुरा, रुकुम पूर्व
९. लक्ष्मी शाह (६० वर्ष), सिस्ने–५, टाकुरा, रुकुम पूर्व
१०. रुक्मिणा बस्नेत, सिस्ने–५, टाकुरा, रुकुम पूर्व
११. टेकप्रसाद बुढामगर, भुमे–५, रुकुम पूर्व
१२. दोरपती जिसी (५४ वर्ष), घोराही–१५, रतनपुर, दाङ
१३. तिला जिसी (३२ वर्ष), घोराही–१५, रतनपुर, दाङ
१४. जेनिस जिसी (७ वर्ष), घोराही–१५, रतनपुर, दाङ
१५. जेनिसा जिसी (१२ वर्ष), घोराही–१५, रतनपुर, दाङ
१६. एलिना जिसी (२५ वर्ष), घोराही–१५, रतनपुर, दाङ
१७. संयोग जिसी (७ वर्ष), घोराही–१५, रतनपुर, दाङ
१८. यमबहादुर जिसी (उमेर नखुलेको) घोराही–१३, दाङ
१९. धनमाया विष्ट शान्तिनगर, दाङ (हाल: सिस्ने–५, रुकुम पूर्व)
२०. बेदु कामी (४२ वर्ष) – शान्तिनगर गाउँपालिका घर भई हाल सिस्ने-५ (सवारी चालक)
प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार ८ : ०३ बजे







प्रतिक्रिया