बिजेता बनेको नवकिरणले २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगद र उपविजेता बनेको आयोजक तिजोकले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाण-पत्रमा चित्त बुझाएको छ ।

दिपक दुलाल,
५– बैशाख, नवमीडाँडा । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१, नवमीडाँडामा नयाँवर्षको अवसरमा आयोजित फाल्गुनन्द गाउँपालिका प्रथम अध्यक्ष कप आमन्त्रित फुट्बल प्रतियोगिताको उपाधी नवकिरण स्पोर्टिङ क्लव, झापाले हात पारेको छ ।
शनिबार भएको फाइनल खेलमा घरेलु टोली आयोजक तिजोक युवा क्लव, नवमीडाँडा विरुद्ध २–० को सहज जीत निकाल्दै पाहुना टोली झापाले उपाधि जितेको हो । खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन नसके पनि दोस्रो हाफमा नवकिरण झापाले उत्कृष्ट खेल प्रदर्शन गर्दै २ गोल गरेर आफ्नो टिमलाई जित दिलाएको हो ।
प्रतियोगितामा बिजेता बनेको नवकिरणले २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनलमा पराजित भएसँगै उपविजेता बनेको आयोजक तिजोकले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
सिद्धदेवी मावि नवमीडाँडाको खेलमैदानमा सञ्चालन भएको फुटबल प्रतियोगितामा पाँचथर सहित झापा, मोरङ, सुनसरी, इलाम लगायतका जिल्ला र छिमेकी मुलुक भारतका गरी ८ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताका बिजेता टिम तथा खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमूख अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे, फाल्गुनन्द १ का वडाध्यक्ष होमप्रसाद आङ्देम्बे, तिजोक यूवा क्लवका अध्यक्ष हेमराज आङ्देम्बे लगायतले कप, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
खेलकुद प्रतियोगिता सँगै बैशाख १ गतेदेखि प्रत्येक दिन चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साथमा नवमीडाँडामा सांगीतिक कार्यक्रम सञ्चालन गिरिएको तिजाक यूवा क्लबका अध्यक्ष हेमराज आङदेम्बेले बताए । शनिबार साँझ ज्योति मगरले प्रस्तुती दिएर दर्शकलाई मनोञ्जन दिएकी थिईन् ।
नयाँवर्षको अवसर पारेर स्थानीय तिजोक यूवा क्लवले नवमीडाँडामा प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद, सांस्कृतिक कार्यक्रम तथा नयाँवर्ष मेला यसवर्ष २०८३ साल बैशाख १ गतेबाट शुरु भई बैशाख ५ गते सम्पन्न भएको सो क्लबका सचिव कुबेर लिम्बूले जानकारी दिए ।
प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार १ : २९ बजे







प्रतिक्रिया