पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

पाँचथर । इलामको माङसेबुङमा सम्पन्न १६ औं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण आत्मानन्द गोल्डकप- २०८० को उपाधि तिजोक युवा क्लब पाँचथरले हात पारेको छ ।

माङसेबुङ गाउँपालिका ५ स्थित आत्मानन्द रंगशालामा आइतबार भएको फाइनल खेलमा माङसेबुङ गाउँपालिका इलामलाई सडन डेथमा ७-६ ले पराजित गर्दै तिजोकले उपाधी हात पारेको हो । निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा समेत दुवै टिमले ५-५ गोल गरेपछि सडन डेथमा तिजोक च्याम्पियन भएको हो ।

विजेता तिजोकले ३ लाख ११ हजार १ सय ११ नगद, ट्रफी, मेडल र प्रमाण पत्र हात पार्‍यो भने उपविजेता माङसेबुङले २ लाख ५ हजार १ सय ११ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ट गोलकिपर तिजोकका रोशन नेपाल, उत्कृष्ट डिफेण्डर रोशन आङदेम्बे, सर्वाधिक गोलकर्ता निर्देश राई घोषित भए । यसै गरी, उदयीमान खेलाडी उपविजेता माङसेबुङका चन्द्रहाङ लिम्बू उत्कृष्ट खेलाडी रबिन मगर घोषित भए । उनीहरुले जनही ५ हजार नगद प्राप्त गरे ।

विजेता र उपविजेता टिम र विधागत रुपमा उत्कृष्ट खेलाडीका रुपमा चयन भएका खेलडीहरुलाई नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूले पुरस्कार वितरण गर्नु भयो ।

प्रतियाेगिता आत्मा पवित्र हक्चात यक्चुमको आयोजनामा मंसिर ८ देखि सञ्चालन भएकाे थियाे । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औँ जन्मोत्सवको अवसरमा आयोजित प्रतियाेगिता नेपाल, भुटान र भारतका ८ टिमको सहभागिता रहेकाे थियो ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ९ : २५ बजे