पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

दिपक दुलाल

नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक मूलुक हो । यहाँ विविध जातजातिका मानिसहरुका आ–आफ्नै सांस्कृतिक विशेषताहरु छन् । वर्षभरीमा नेपालमा विभिन्न प्रकारका चाडपर्वहरु मेला९उत्सवहरु मनाउँने गरिन्छ । यहाँ मनाइने विविध सांस्कृतिक पर्व तथा उत्सवहरुमा सबै धर्मावलम्बी नेपालीहरुको उत्तिकै आस्था र सद्भाव रहेको छ। ती मध्ये हिन्दु नेपालीहरुले मनाउँने महान चाड हो दशैं।

असत्यमाथि सत्यको विजय भएको खुशियालीमा घटस्थापना देखि कोजाग्रत पूर्णिमा सम्म पन्ध्र दिन मनाइने यो पर्व हिन्दुधर्मावलम्बी नेपालीहरुले धुमधामका साथ मनाउँने गरिन्छ ।

महान चाड दशैंले नेपालीहरुको घरआँगनीमा पाइला टेकिसकेको छ । असत्यमाथि सत्यको विजय भएको खुशियालीमा घटस्थापना देखि कोजाग्रत पूर्णिमा सम्म पन्ध्र दिन मनाइने यो पर्व हिन्दुधर्मावलम्बी नेपालीहरुले धुमधामका साथ मनाउँने गरिन्छ । बडादशैंमा विशेष गरी देवी दुर्गा भवानीको पूजा गरिन्छ । नवरात्रीभर प्रत्येक दिन फरक–फरक ढङगले देवीको पूजाआराधना गरिन्छ। दशैंको विशेष दिन भने विजयादशमी तथा टीकाको दिनलाइ मान्ने गरिन्छ।

वर्षदिनमा आउँने दशैं मनाउँनका लागि विभिन्न कारणले घरबाट टाढा रहेका आफन्तहरु घर फर्कन्छन् अनि सपरिवार एकैसाथ बसेर दुखसुखका कुराकानीसँगै रमाइलो भेटघाट हुने गर्दछ।घरघरमा खानेकुराका विभिन्न परिकारहरु बनाएर नातागोता सबै एकैसाथ बसेर खाने गरिन्छ । दशैंमा घर लिपपोत गरेर चिटिक्क बनाइन्छ भने बाटोघाटो,मठमन्दिर,विद्यालय तथा सर्वजानिक स्थल समेत सरसफाइ गर्ने गरिन्छ। चङ्गा उडाउँदै केटाकेटी,लिङ्गेपिङमा रमाउँदै यूवायूवती तथा मिठा गफगाफमा हराउँदै बुढाबुढी सबैले आ–आफ्नै ढङ्ग र शैलिमा दशैंलाइ स्वागत गर्ने परम्परा छ।नयाँनयाँ लुगा र विभिन्न गरगहनामा सजिएर मान्यजनबाट दहिअक्षताको रातो टीका र शिरमा जमरा अनि शुभआशिर्वाद र शुभकामनाका शब्दहरु आदानप्रदान गर्दा साँच्चै रमाइलो बन्नपुग्छ दशैं।

दशैं मनाउँने क्रममा पछिल्लो समयमा विभिन्न किसिमका विकृति र विसङ्गतीहरु देखापर्न थालेका छन् । यिनै विकृति र विसङ्गतीका कारण दशैं आफैंमा रमाइलो चाड हुँदाहुँदै कतिपयलाई यहि दशैं नरमाइलो र खल्लो बन्नपुग्छ । आजभोलि हाम्रो समाजमा चाडपर्व मनाउँने अनावश्यक प्रतिस्पर्धा हुन थालेको छ।अर्काको देखासिकी र लहैलहैमा लागेर आफ्नो क्षमता र हैसियतलाइ बिर्सिएर फजुल खर्च गर्ने प्रवृत्ति बढ्दै गएको छ। महङ्गा लुगाकपडा,बहुमूल्य गरगहनाहरु तथा विलासित्ताका सामग्रीहरु ऋण गरेरै भएपनि दशैंमा प्रयोग गर्नुपर्छ भन्ने मान्यता बढ्दै गएको छ । एक किसिमले दशैं मनाउँने अस्वस्थ प्रतिस्पर्धा नै हुन थालेको पाइन्छ । यसरी आफ्नो र परिवारको भविश्यप्रति कुनै सोचविचार नगरी दशैंको नाममा धेरै खर्च गर्नाले दशैंको विदाइसँगै अर्थिक संकटले घरपरिवारको जीवन निर्वाह गर्न कठिनाइ उत्पन्न हुन्छ । अर्कातिर दशैमा रमाइलो गर्ने क्रममा अत्याधिक मादक पदार्थको सेवन तथा जुवातास खेल्ने गर्नाले समेत क्षणभरमै अकल्पनिय आर्थिक क्षति हुनुको साथै सामाजिक प्रतिष्ठा समेत गुम्नपुग्छ। केहि क्षणको रमाइलो वा मनोरञ्जनका लागि गरिने यस्ता क्रियाकलापबाट घरवार उठिबास भइ जीन्दगीभर यसको नकारात्मक असर व्यहोर्नुपर्ने अवस्था सिर्जना हुनसक्छ,अनि यतिबेला खल्लो र नरमाइलो अनि दसा बन्न पुग्छ महानचाड दशैं ।

सांस्कृतिक सम्पदा दशैं उचित तरिका र शैलिमा मनाउँनु संस्कृति परम्पराको संरक्षण गर्नु हो भने चाडपर्वको मूल्यमान्यता विपरित गलत ढंगले विकृति विसंगति भित्र्याउँनु राम्रो होइन । जसले व्यक्तिस्वयंलाई नकारात्मक असर पार्छ । घाँटीहेरी हाड निल्नु भने झैं आफ्नो जायजेथा र अर्थिक अवस्थालाई ध्यानमा राखेर दशैं मनाउँनु पर्छ,जबकी अर्काको देखासिकी र लहैलहैमा दशैंलाई भड्किलो र खर्चिलो बनाएर भोलिका दिनमा पछुताउँनु नपरोस्,अनि महान चाड दशैं कसैलाई दसा नबनोस् ।

नेपालीहरुको महानचाड बडादशैंको आफ्नै पौराणिक तथा धार्मिक महत्व छ। दशैं हाम्रो संस्कृति हो । संस्कृति हाम्रो सम्पत्ति हो । संस्कृतिको संरक्षण गर्नु हाम्रो दायित्व हो । सांस्कृतिक सम्पदा दशैं उचित तरिका र शैलिमा मनाउँनु संस्कृति परम्पराको संरक्षण गर्नु हो भने चाडपर्वको मूल्यमान्यता विपरित गलत ढंगले विकृति विसंगति भित्र्याउँनु राम्रो होइन । जसले व्यक्तिस्वयंलाई नकारात्मक असर पार्छ । घाँटीहेरी हाड निल्नु भने झैं आफ्नो जायजेथा र अर्थिक अवस्थालाई ध्यानमा राखेर दशैं मनाउँनु पर्छ,जबकी अर्काको देखासिकी र लहैलहैमा दशैंलाई भड्किलो र खर्चिलो बनाएर भोलिका दिनमा पछुताउँनु नपरोस्,अनि महान चाड दशैं कसैलाई दसा नबनोस् । भनाइको आशय चाडपर्व नमनाउँनु भन्ने होइन, बरु आवश्यक सामग्रीहरुमा चाहिँदो मात्रामा खर्च गरी मितव्ययी बन्नु भन्ने मात्र हो । दशैंका राम्रा पक्षहरुको संरक्षण सम्वद्र्धन गर्नु हामी सबैको कर्तव्य हो।

अन्ततः हर्षोउल्लासका साथ दशैं मनाऔं,संस्कृतिपरम्परा जोगाऔं अनि यसमा मिसिएका विकृति विसंगति हटाऔं।

अर्कातिर दशैंको नाममा अत्याधिक मदिरा सेवन गरी झै९झगडा गर्ने,होहल्ला गर्ने,सार्वजानिक सम्पत्तिमा तोडफोड तथा हानीनोक्सानी पुर्याउँने,जुवातास खेली धनसम्पत्ति भूसुक्कै उडाउँने जस्ता क्रियाकलापले कसैलाई फाइदा गर्दैन । यसोगर्नु ठूलो भूल हो,दशैंमा हुने विकृति हो,विसंगति हो । यस्ता विकृति विसंगतिको अन्त्य गरी शान्त र रमाइलो बनाउँनुपर्छ दशैं। अन्ततः हर्षोउल्लासका साथ दशैं मनाऔं,संस्कृतिपरम्परा जोगाऔं अनि यसमा मिसिएका विकृति विसंगति हटाऔं। बडादशैंका राम्रा पक्षहरुको संरक्षण संबद्र्धन गर्दै खराव पक्षहरुलाई परित्याग गरी खुशी र रमाइलोका साथ दशैं मनाउँन नवदुर्गा भवानीले हामी सबैलाई सद्बुद्धि प्रदान गरुन् । सुखशान्ति सम्बृद्धि एवं उत्तरोतर प्रगतीकोलागि विजयादशमीको हार्दिक मंगलमय शुभकामना।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ८ : ४२ बजे