पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

हरिप्रसाद आचार्य

लेखनको मुख्य अशंमा जानु भन्दा पहिले मुद्रा के हो ? र यसले अर्थव्यवस्था तथा मानव समाजको दैनिकिमा कसरी योगदान पुर्याउँछ भन्ने तर्फ लागौँ ।

बस्तुको साटासाट गर्ने प्रणाली (Barter System) लाई प्रतिस्थापन गरि मानव जीवनलाई सहजीकरण गर्नको निम्ती मुद्राको आविष्कार भएको पाईन्छ । मुद्राको सुरुवाती अवस्थामा  सिक्का तथा बहुमूल्य धाातुको प्रयोग हुने गर्दथ्यो ।  सिक्काको प्रचलन पनि ओसारपसार अव्यवहारिक भएपछि कागजी नोटको प्रचलन भएको पाईन्छ ।

मुद्राको विभिन्न रुपहरुमध्ये सिक्का त्यसपछि कागजी (Bank Notes/Paper Currency ), र त्यसपछि Debit /Credit Card जसलाई Plastic Currency  चल्तीमा आएका हुन् । हाल Plastic Currency  लाई पनि प्रतिस्थापन गर्न Digital Currency उपयोग अध्याधिक महत्व र चासो रहेको पाउन सकिन्छ । त्यसकारण केही मुद्राको इतिहासलाई फर्केर हेरौँ ।

कागजी मुद्राको इतिहास (History of Paper Currency): १३ औँ शताब्दीतिर चीनमा Kublai Khan ले  कागजी नोटको सुरुवात गरेको पाईन्छ । जसलाई (Legal Tender) राज्यको जमानतको रुपमा लिइन्थ्याे।

प्लास्टिक मुद्राको इतिहास (History Plastic Currency): सन् १९६६ तिर Visa तथा Master Card ले जब Debit Card /Credit Card जारी गर्न थालनी गरे तब यसको प्रचलन संसारभरि लोकप्रिय बन्न थालेको हो । कारण भने Bank Notes को तुलानामा यसलाई ओसारपसार गर्न सजिलो र सुरक्षित तथा एउटै Card ले Multiple Currency भुत्तानी सकिने र PIN मार्फत कारोबार सुरक्षित हुने हुदा   यसको प्रयोग विश्वरभर ब्यापक भयो ।

डिजिटल मुद्रा (Digital Currency) यसलाई भौतिक रुपमा देखिँदैन र अभौतिक रुपमा Bank Notes को सट्टा Internet प्रयोगको आधारमा गरिन्छ । जसलाई Electronic Money(E-Money) भन्न सकिन्छ । यसलाई Central Monetary Authority ले पनि मान्यता दिनुपर्छ । जस्तो चीनमा e-CNY(Electric Chinese Yuan) सन् २०२० मा जारी भएको छ । त्यतै जापानमा २०२१ मा शुरु भएको हो ।

यसरी मुद्राको विषयबस्तुमा जानुभन्दा पहिले मुद्राको कार्यको बारेका जानकारी लिनु जरुरी छ र जसलाई Function of Money मुद्राका कार्य पनि भन्ने गर्दछौँ ।

१.Medium of Exchange (विनिमयको माध्यम)

२.Unit of Account to measure Economics Value (अर्थतन्त्रको मापनको एकाई मूल्य)

३.Store of Value (मूल्यको संग्रह)

अत, यसबाट हामि के बुभ्न सक्दछौँ भने जुन स्वरुपको मुद्राले माथि उल्लेखित कार्यहरुलाई सहज र सुलभ रुपमा गर्न सक्दछ । त्यसैको प्रयोग नै लोकप्रिय बन्दै जान्छ । किनकी आजको Global Village  र Global Mobility को जमानामा मुद्राको नियामक निकायको आवश्यकता भन्दापनि  प्रयोग कर्ताको मनोविज्ञानले (People Phycology) यसको प्रयोगलाई निर्धारण गर्दछ ।

हाम्रो दैनिकिमा मुद्रा प्रयोग शैली कसरी बदलिँदैछ ?

आजकल हामीहरु परिवार आफन्त तथा साथीहरुसँग बजारमा किनमेल तथा रेष्टुरेण्टमा खान बस्यौँ भने त्यस बापतको  भुत्तानीको लागी बिल आफ्नो टेवलमा आउँछ । तव हामीले आजभोली आफ्नो पकेटमा भएको पर्समा हात लादैनौँ बरु त्यको सट्टा मोवाइलमा रहेको Apps खौल्छौँ र रेष्टुरेण्टको कर्मचारी भन्छौँ QR Code ल्याउनुहोस् हामी स्कायन गर्दछौँ वा Debit वा Credit card बाट POS Machine  मा स्वाप तथा Account Transfer गर्न अनुरोध गर्दछौँ ।  यसबाट हामीले के बुभ्न सक्छौ भने अब समाज कसरी Digitization तिर उन्नमुख भएको छ ।

Digital, Crypto / Virtual Currency के हुन ?

Digital Currency- Central Bank वा Monetary Authority को नियन्त्रण मा रहन्छ मात्र यो Electronic Form of Money हो । European Central Bank ले हरेक Digital Currency नै Virtual Currency भनेर परिभाषित गरेकोले राज्यबाट मान्यता प्राप्त तथा अवैध विचको फरक नै Digital and Crypto Virtual Currency हो ।

Crypto Currency कसको नियन्त्रणमा छ । यसको Mining   कसले गर्दछ भन्नै नै थाहा हुँदैन । यो एक किसिमको Digital Currency नै हो यसलाई बस्तु तथा सेवा खरिद गर्न सुरक्षित राख्न Online Ledger को प्रयोग गरिन्छ । बैँकमा जानुको सट्टा घरमै बसी Distributed Ledger (Block Chain) बाट यसको कारोबार गर्न र यसलाई संग्रह गर्न सकिन्छ । Cryptographic Signature बाट कारोवार Record, Register तथा Block Chain मा Distributor हुनाले Crypto Currency Holder बीचमा एक आपसी लेनदेन खरिद वा बिक्री गर्न पनि सकिन्छ ।

Bit Coin Crypto Currency को एउटा स्वरुप हो तर हाल Bit Coin   जस्ता लगानीयोग्य Crypto Currency अन्य पनि छन । जस्तै Cosmos (ATOM), Dogecoin (DOGE), Ethereum (ETH), Corm pound (COMP)Palk dot(DOT) आदी  हुन । तर यस्ता Currency को कारोबार लाई संसारका अधिंकाश देशहरुले यस्ता कारोबार लाई अबैध मानेका छन्। त्यसमध्येमा नेपाल पनि एक हो ।

CBDC (Center Bank Digital Currency) के हो ?

CBDC लाई Fiat Currency  वा Digital Base Currency  पनि भनेर चिनिन्छ । राज्य वा राज्य नियन्त्रित केन्द्रीय बैँकबाट यस्तो मुद्रा Digital स्वरुपमा जसरी Block Chain Basis मा Electronic Currency को रुपमा जारी गरिन्छ । त्यसैगरि Block Chain Modality  मा CBDC जारी हुन्छ ।

Official Legal Tender यस Currency को मुख्य विशेषता हाे भने जुन कुरा Crypto मा पाउन सकिदैन । Bank for International Settlement(BIS)ले पनि संसारमा ८४ प्रतिशत केन्द्रिय बैकले यसबारेमा सोच बनाएर अध्यान सुरु गरेका छन । जस मध्ये चिनले Digital RMD सन् २०२०मा, नाईजेरियाले सन् २०२१ मा Digital Currency जारी गरेको पाईन्छ ।

CBDC का केही फाईदा तथा बेफाइदा हरु निम्न पाईन्छ ।

फाईदाहरु

  • Technological Efficiency
  • Reduces Risks
  • Reduce Complexity
  • Eliminate Transaction Fees
  • Financial Inclusion
  • Presenting illicit activity
  • Tax Collection
  • Combating Crime
  • Financial Safety

बेफाइदाहरु

  • Banking System Disintermediation
  • Centralization
  • Difficulty in Exchange between economics
  • Stalling Social Development
  • Difficult to central economy money supply

अन्त्यमा, भनिन्छ प्रविधिलाई कुनैपनि परिधिभित्र नियन्त्रित  गर्न सकिँदैन ।  संसार अब Crypto Culture र Digital Cash मा प्रवेश गरिसकेको अवस्थाले यस बेगलाई रोक्नु भन्दा पनि नियमन र नियन्त्रणमा लिनु राज्य र नियामक निकायको सुरदर्शिता होला जस्तो लाग्छ ।

IMF ,European Central Bank ,Basel समेत Digital Currency को विकल्प नभएको स्विकार गरिसकेको अवस्थमा  विश्वको ठुलो अर्थतन्त्र ओगटेका मुलुकहरु चीन तथा जापानले समेत Central Bank Digital currency(CBDC) जारी गरिसकेका छन । हालै छिमेकि मुलुक भारतले आप्नो देशको केन्द्रीय बजेटमार्फत Central Bank Digital currency (CBDC)आगमी वर्षमा जारी गरि सक्ने घोषण साथै Crypto Currency बाट आर्जित सम्पितिमा ३० प्रतिशत कर लगाउने घोषण गरेसँगै Crypto Currency लाई मौन सहमति दिई CBDC मा उन्मुख राष्ट्र अगाडि बढेको पाइन्छ । 

नेपालमा पनि  Crypto Currencyकारोबारीहरु दिनप्रतिदिन बढ्दै गरेको विभिन्न अनौपचारीक तथ्याकले देखाएको छ । र नेपालमा पनि  १.४५ प्रतिशत जनसमुदाय Crypto Currency संलग्नता रहेको अनुमान गरिएको छ । त्यसकारण नेपाल सरकार र नियामन निकायले यसमा चसो र चिन्ता दिनुपर्न अवस्था आइसकेको छ ।

प्रविधि जहिले पनि दुबै धार भएको तरवार हो (Double Edge Sword) । यसको समयमै सहि सदुपयोग वा नियन्त्रण गर्न सकेमा समाज तथा राज्यले अर्थतन्त्र नियन्त्रणमा राख्न सक्दछ । त्यसकारण प्रविधिमैत्री वातावरण नबनाउँदा Global Economy  मा हिस्सा बन्न नसकिने पो हो कि ? र छिमेकी मुलुकमा भएको परिर्वतनलाई पछ्याउँन हाम्रो बाध्यता  र यर्थाथ पनि हो । किनभने खुल्ला सिमाना र भारत तथा नेपालको अन्तरदेशिय ब्यापारमा भुक्तानी सन्तुलन मिलाउन Central Bank Digital currency (CBDC) अपरीहार्य  देखिन्छ ।

(लेखक सनराईज बैकमा कार्यरत हुनुहुन्छ ।) बैंकिङ खबरबाट साभार

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  १२ : २० बजे