पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

डा. पद्मप्रसाद खतिवडा

केन्द्रीय तथ्यांक विभागले यस पटक जनगणना २०७८ को प्रारम्भिक नतिजा जनगणना सम्पन्न भएको तीन महिना नपुग्दै सार्वजनिक गरेको छ, जो अघिल्ला जनगणनाको तुलनामा एकदमै छिटो हो भन्न सकिन्छ । यसो हुनमा मुख्य दुई कारण हुन सक्छन् स् पहिलो प्रविधिको बढ्दो प्रयोग । जस्तो यस पटक काठमाडौं उपत्यकामा ट्याव्लेटको प्रयोग गरी डिजिटल तथ्यांक लिइएको थियो । र, दोसो विभागको आन्तरिक जनशक्तिको पनि भरपूर उपयोग भएको आभाष मिलेको छ ।

महिला वा पुरुष को बढी ?

जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालको जनसङ्ख्या ३ करोड भन्दा कम अर्थात २ करोड ९१ लाख ९२ हजार ४८० मा सिमित रहयो । जो १० वर्ष अगाडि २०६८ मा लिइएको जनगणनाको तुलनामा २६ लाख ९७ हजार ९७६ जनाले बढी हो। यसरी प्रायस् सबैले अनुमान गरेको ३ करोड जनसङ्ख्याको अनुमानभन्दा पनि कम हो । यसबाट नेपालको जनसङ्ख्या सम्बन्धी नीति तथा कार्यक्रमलाई चुनौती दिने गरी नतिजा प्राप्त हुन आएको भन्न सकिन्छ । विगत जस्तै यस पटक पनि महिलाको जनसङ्ख्या पुरूषको तुलनामा बढी देखिएको छ । कुल जनसङ्ख्यामा १ करोड ४२ लाख ९१ हजार ३११ जना अर्थात ४८.९६ प्रतिशत पुरुष रहेका छन् भने महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ अर्थात ५१.०४ प्रतिशत रहेको छ। हालसम्म देखिएको बालबालिका र २० वर्षमुनिका युवामा परूष संख्या बढी हुनुले पनि यो भन्न सकिन्छ । अहिले हामीले बहस गरे जस्तो महिलाको जनसंख्या बढेको होइन । घटेको छ । भ्रुण पहिचान गरेर गरिने अवैद्य गर्भपतन यसको प्रमुख कारण हो । जसले गर्दा अघिल्लो जनगणनामा ५१.५ प्रतिशत भएका महिलाहरु यो पटक ५१।०४ मात्र भएका छन् ।

विदेशमा रहेका नेपालीको संख्या कति छ ?

विदेशमा रहेका नेपालीको संख्या २१ लाख ६९ हजार ४ सय १८ पुगेको छ, जो १० वर्ष अघिको तथ्यांकको तुलनामा २ लाखले बढी हो । अघिल्लो जनगणनामा यस्तो जनसङ्ख्या १९ लाख २१ हजार ४ सय ९४ रहेको थियो । विदेशमा रहेका महिलाको संख्यामा पनि यस पटक वृद्धि भएको तथ्यांकले देखाएको छ । प्रारम्भिक नतिजाले देखाए अनुसार विदेशमा रहनेहरुमध्ये पुरुष १७ लाख ६३ हजार ३ सय १५ (८१.२८ प्रतिशत) र महिला ४ लाख ६ हजार १ सय ३ (१८.७२ प्रतिशत) रहेका छन् । अघिल्लो जनगणनामा पुरुषको संख्या ८७.६४ प्रतिशत रहेकोमा पछिल्लो १० वर्षमा महिला ७१.०९ प्रतिशत अर्थात करिव २ लाखले बढी महिला विदेशिएको पाइएको छ ।

जन्मदा पुरुष बढी गणनामा महिला

विदेशमा रहेको यो संख्या जनगणनाको अन्तराष्ट्रिय मूल्य मान्यता अनुसार कुल जनसङ्ख्यामा जोडिएको छैन । यदि यो विदेशमा रहेको जनसङ्ख्या कुल जनसङ्ख्यामा जोड्ने हो भने महिला भन्दा पुरूषकै संख्या बढी हुन आउछ । तर त्यसो गर्दा विदेशबाट नेपालमा आइ बसेको संख्या घटाउनु पर्ने हुन्छ, जो जनगणनाको स्थापित मूल्य मान्यता विपरित हुन जाने भनिएको छ। पहिला पहिलाको जनगणनामा देश भित्र आउने र देश बाहिर जानेको जनसङ्ख्या लगभग उस्तै हुने गरेकोमा विगत जनगणना देखि विदेशिनेको संख्या ह्वात्तै बढेको छ ।

समग्रमा तराईबाट सबैभन्दा बढी विदेशिएका देखिएका छन् । यस अवधिमा तराईबाट विदेसिनेहरु १० लाख ६५ हजार ९ सय ६९ रहेका छन् भने पहाडबाट ९ लाख ८४ हजार ८ सय ९६ र हिमालबाट १ लाख १८ हजार ६ सय १३ विदेशिएका छन् । विगत देखि नै तराईमा आधा भन्दा बढी जनसङ्ख्या रहनु र पहाड तथा हिमालमा जनसङ्ख्या क्रमशस् घट्दै जानुले पनि यसो भएको हो भन्न सकिन्छ ।

जनसंख्या वृद्धिदरमा आएको उतारचढावले के संकेत गर्दछ ?

प्रारम्भिक नतिजा अनुसार नेपालको जनसङ्ख्या वृद्दिदर वि.सं. २०५८ देखि वि.सं. २०६८ को बीचमा प्रति वर्ष १.३५ प्रतिशत रहेकोमा वि.सं. २०६८.७८ को अवधिमा प्रतिवर्ष घटेर ०.९३ मा आउनुले जनसङ्ख्या सन्तुलनमा उतारचढाब आउने देखिन्छ । यसको अर्थ अघिल्लो जनगणना अविधमा रहेको प्रति हजारमा वार्षिक १३१४ जना मानिस थपिने गरेकोमा पछिल्लो १० वर्षको अवधिमा प्रति हजार ९ जना मानिस मात्र थपिने गरेको पाइयो । यस्तै परिवार संख्या पनि अघिल्लो जनगणनामा रहेको ४.७२ प्रति परिवार रहेकोमा यस पटक औसत परिवार संख्या ४.३२ मा झरेको देखिन्छ । यो बेलाबाट साभार

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ११ : ११ बजे