लन्डन । आगामी १२ फेब्रुवरीमा हुन गइरहेको बक्सिङ प्रतिस्पर्धामा पूर्वडब्ल्यूबीसीका च्याम्पियन जोन राइडरले एनआरएनए यूके र गोर्खाली समुदायको प्रतिनिधित्व गर्ने भएका छन् । बक्सिङको संसारमा उपनाम ‘गोरिल्ला’ भनेर चिनिने जोन राइडर डब्ल्युबीसी च्याम्पिनयनशिप २०१९ का विजेता हुन् ।
‘जोन विश्वकै एक उत्कृष्ट खेलाडी हुन् र विगतमा उनले लास भेगस,अमेरिका तथा ओ टु एरिना,लन्डनकाबक्सिंग गेमहरुमा एनआरएनए यूके र गोर्खाको ब्याज लगाएर खेलेका थिए,’ राइडरका पूर्वप्रशिक्षक तथा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले भने ।
प्रकाशित मिति : १६ माघ २०७८, आइतबार ११ : १२ बजे
प्रतिक्रिया