पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

१३ वैशाख, पाँचथर । दोस्रो सुम्हा?लुङ कप खुल्ला व्याडमिन्टन प्रतियोगितामा त्रिभूवन आर्मी क्लबका खेलाडीले वर्चस्व जमाएका छन् ।

फिदिम स्थित ब्याडमिन्टन कभर्ड हलमा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा आर्मीका खेलाडीहरुले मूख्य विधाहरु मेन्स डबल्स, वुमेन्स डबल्स र मिक्स डबल्स सहित यु– १५ बोईज गरी चार विधामा उपाधि उचाल्दै वर्चस्व जमाएका हुन् ।

मेन्स डबल्समा आर्मीका विधान अधिकारी र पविन लिङ्थेपको जोडिले इलामका दिवश शंकर र जोजो व्याडमिन्टन एकेडेमी, भोजपुरका विशाल तामाङको जोडीलाई २१–६ र २१–१७ को सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् । यस विधामा नेपाल एपीएफ क्लबका भोजबहादुर गुरुङ र अर्जुनधारा ब्याडमिन्टन एकेडेमी, झापाका नविन सिलवाल तथा तिनचुली ब्याडमिन्टन एकेडेमीका सुनिल कार्की र महेश खड्काले तृतीय स्थान हाँसिल गरे । यस विधाको विजेताले ५५ हजार र उपविजेताले २८ हजार र तृतीय स्थान हाँसिल गर्ने टोलीले जनही १४ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारे ।

वुमेन्स डबल्स विधामा डिफेन्डिङ च्याम्पियन आर्मीकै रशिला महर्जन र अमिता गिरीले नेपाल एपिएफकी नविना र नख्खिपोटकी निसाम सुब्बालाई २१–१३ र २२–२० को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरे । यस विधामा पाँचथरकी छाँया केरुङ र धनकुटाकी अरुणा तामाङ साथै उदयपुरकी रोजी राई र सुनसरीकी सृष्टि राईले तृतीय स्थान हाँसिल गरे । यसै गरी, मिक्स डबल्स तर्फको उपाधि आर्मीकै विधान अधिकारी र अमिता गिरीले हात पारे । आर्मीको यो जोडीले नेपाल एपिएफका भोजबहादुर गुरुङ र उदयपुरकी रोजी राईलाई २१–१९ र २१–१७ को सोझो सेटमा पराजित गरेका हुन् । यी दुवै विधाका विजेताले विजेताले ४० हजार, उपविजेताले २० हजार र तृतीय स्थान हाँसिल गर्ने टोलीले जनही १० हजार रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारे ।

प्रतियोगितामा यू– १३ गल्स तर्फको उपाधि सुनसरी ब्याडमिन्टन एकेडेमीकी सुविज्ञा दाहालले हात पारिन् । उनले फाईनलमा जोजो ब्याडमिन्टन एकेडेमी भोजपुरकी रितु तामाङलाई २१–७ र २१–१४ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेकी हुन् । यस विधामा जोजो ब्याडमिन्टन एकेडेमीकी नदिरा मोक्तान तामाङ र त्रिभूवन आर्मीकी युमिका साम्पाङ राईले तृतीय स्थान हाँसिल गरे । यसै गरी, यू– बोइज तर्फ जोजो ब्याडमिन्टन एकेडेमीका अस्विन तामाङले सोही एकेडेमीकै तायाबुङ राईलाई २१–१९, १८–२१ र २१–१८ को सेटमा पराजित गर्दै उपाधि हात पारे । यू– १३ बोइज तर्फ जोजो ब्याडमिन्टन एकेडेमीकै रोस्मन राई र इलामका केल्भिन कार्कीले तृतीय स्थान हाँसिल गरे । यस विधाका विजेताले विजेताले १० हजार, उपविजेताले ५ हजार र तृतीय स्थान हाँसिल गर्ने टोलीले जनही २ हजार ५ सय रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारे ।

जुनियर यू– १५ गल्स विधामा सुनसरी ब्याडमिन्टन एकेडेमीकै सुविज्ञा दाहालले त्रिभूवन आर्मीकी समृद्धी श्रेष्ठलाई १५–२१, २३–२१ र २३–२१ को सेटमा पराजित गर्दै प्रतियोगितामा दोस्रो उपाधि हात पारिन् । यस विधामा जोजो ब्याडमिन्टन एकेडेमीका नदिरा मोक्तान तामाङ र रितु तामाङले तृतीय स्थान हाँसिल गरे । यू– १५ बोइज तर्फको उपाधि त्रिभूवन आर्मी क्लबका प्रतिक विष्टले हात पारे । उनले आर्मीकै रिजन मगरलाई २१–१० र २१–१९ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् । यस विधामा जोजो ब्याडमिन्टन एकेडेमीका तायाबुङ राई र अस्बिन तामाङले तृतीय स्थान हाँसिल गरे । यी दुवै विधाका विजेताले विजेताले १५ हजार, उपविजेताले १० हजार र तृतीय स्थान हाँसिल गर्ने टोलीले जनही ५ हजार रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारे ।

भेट्रान्स १००+ विधाको उपाधि तर्फ पाँचथरका दिपक आङदेम्बे र सुनसरीका मनोज लक्सम्बाले हात पारे । उनीहरुले चितवनका बुद्धि चौधरी र सिइङ ब्याडमिन्टन क्लबका श्रवणकुमार चौधरीको जोडिलाई २०–२२, २१–१८ र २१–१८ ले पराजित गर्दै उपाधि हात पारेका हुन् । यस विधामा मोरङका उत्तम सिम्खडा र शशी चौधरीका साथै पाँचथरका रामराज आङदेम्बे र ओखलढुंगाका राम राईको जोडीले तृतीय स्थान हाँसिल गरे । यसै गरी, सुपरभेट्रान्स १२०+ को उपाधि अर्जुनधारा ब्याडमिन्टन क्लबका सन्जय भक्तराज र मोरङका उत्तम सिम्खडाले हात पारे । यो जोडीले ललीतपुरका दिलबहादुर कन्दङ्वा र धादिङका विष्णुलाल श्रेष्ठलाई २१–१२ र २१–१७ को सेटमा पराजित गरेका हुन् । यस विधामा झुम्काका ढाकाप्रसाद अधिकारी र होनीलाल चौधरीका साथै कास्कीका रमेश भट्टचन र भोजपुरका दानबहादुर तामाङले तृतीय स्थान हाँसिल गरे । यी दुवै विधाका विजेताले विजेताले १५ हजार, उपविजेताले १० हजार र तृतीय स्थान हाँसिल गर्ने टोलीले जनही ५ हजार रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारे ।

प्रतियोगितामा आन्तरिक बी समूहको उपाधि निर्भिक लावती र मणी लिङदेनले केशव पौडेल र सुजन श्रेष्ठको जोडीलाई २१–१३, १४–२१ र २१–१५ को सेटमा हराएर च्याम्पियन बने । यस विधामा सन्दिप राई र राजनजङ थापा तथा रुद्र गुरुङ र करण लिम्बूको जोडीले तृतीय स्थान हाँसिल गरे । यस विधाका विजेताले ३० हजार, उपविजेताले १५ हजार र तृतीय स्थान हाँसिल गर्ने जोडीले जनही ७ हजार ५ सय रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारे ।

प्रतियोगितामा पाँचथरका सेरप तामाङले उदयमान खेलाडीको उपाधि हात पारे । उनले ५ हजार रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारे ।

प्रतियोगिताका विजेता, उपविजेता र तृतीय स्थान हाँसिल गर्ने खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य भूमिका नेम्बाङ सुब्बा, फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष ठाकुर सिंङ नेम्बाङ, ब्याडमिन्टन खेलका पूर्व च्याम्पियन ८४ वर्षीय मोहनबहादुर शाही, नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष भिमकुमार बाँस्कोटा सहितका अतिथिरुले खेलाडीहरुलाई ट्रफी, मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए ।

ब्याडमिन्टन संघ, पाँचथरद्धारा आयोजित दोस्रो संस्करणको यस प्रतियोगितामा छिमेमी मुलुक भारतका खेलाडीहरुले समेत सुपर भेट्रान्स विधामा सहभागिता जनाएको थिए । खेलाडीहरुको प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्न र खेलकुदका माध्यमवाट पर्यटन प्रवद्र्धन गर्दै आर्थिक गतिविधिमा समेत टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष तेजबहादुर तुम्बापोले बताए । फिदिम नपा– ४ स्थित प्रसिद्ध ऐतिहासिक, साँस्कृतिक पर्यटकीय स्थल सुम्जिरी सुम्हा?लुङको नामवाट यो प्रतियोगिता नामाकरण गरिएको उनले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन समारोहलाई संबोधन गर्दै सो समारोहका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य नरेन्द्रकुमार केरुङले खेलकुद शारीरिक मानसिक स्वास्थ्य अवस्था स्वस्थ राख्ने मात्र नभएर यसले आर्थिक गतिविधिमा समेत टेवा पु¥याउने हुनले सवैलाई सहयोग गर्न आग्रह गरे ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ११ : २७ बजे