पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

काठमाडौं । साउथ सुपरस्टार प्रभास र पूजा हेगडेको फिल्म ‘राधे श्याम’ प्रति दर्शकको चासो बढ्दो छ । केही दिनअघि निर्माताहरु फिल्म ओटीटी प्लेटफर्मममा पनि रिलिज गर्ने तयारी गरिरहेको खबर बाहिर आएको थियो । तर, अब यो खबरमा पूर्णविराम लागेको छ ।

फिल्मका निर्माता कृष जगरलामुडीले फिल्म थिएटरमा मात्र रिलिज हुने बताएका छन् । उनले गणतन्त्र दिवसको अवसर पारेर बुधबार यो कुराको जानकारी दिएका हुन् ।

फिल्मका निर्देशक राधा कृष्ण कुमारले पनि ट्वीटरमार्फत फिल्म थिएटरमै रिलिज हुने बताएका छन् । फिल्मका संगीतकार थमनले ‘राधे श्याम’को अनुभव लिनका लागि दर्शकले थिएटर नै रोज्नुपर्ने भन्दै फिल्म थिएटरमा रिलिज गर्ने निर्णयको स्वागत गरे ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १० : ४१ बजे