फिदिम । आगामि बैशाख ३० गते स्थानीय तहको दोस्रो निर्वाचन हुँदै छ । राजनीतिक दलहरु यतिबेला मतदाताको घरघरमा मत माग्न व्यस्त छन् । राजनीतिक दलहरुले मंगलबार दिनभर भने भोट माग्न पाउनेछन् । मंगलबार राति १२ बजेबाट भने उम्मेद्वारहरुले भोट माग्न तथा प्रचारप्रसार गर्न पाउँदैनन् ।