पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

पाँचथर – जिल्लाको सुदुर पुर्वि क्षेत्र फालेलुङ गाँउपालिकाका एक यूवकको लेक लागेर मृत्यू भएको छ । फालेलुङ ५ बस्ने ३१ बर्षिय विशाल मगरको बुधवार दिउसो करिब १२ बजे मृत्यू भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक एवं सुचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिएका छन ।

मगर आप्नो चौरी गोठ रहेको उच्च पहाडी क्षेत्र आहाल भन्ने स्थान तर्फ जादै गर्दा लेक लागेर मृत्यू भएको बुझिएको छ । उनि संग उनका भाई विक्रम मगर समेत गएको र भाई सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रहरी टोलि घटनास्थल पुगि सकेको र आज विहिवार दिउसो सम्ममा लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर ल्याई पुर्याइने बुझिएको छ । घटनाको बारेमा थप अनुसन्धान हुने समेत प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  १२ : १८ बजे