चीनको तिब्बतमा एउटा शक्तिशाली भूकम्पका कारण कम्तीमा ९५ जनाको मृत्यु भएको र सयौँ घरहरू भत्किएको चिनियाँ अधिकारीहरूले बताएका छन्। चिनियाँ निकायहरूका अनुसार नेपाल-चीन सीमामा अवस्थित सगरमाथा क्षेत्रनजिकै केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पछि कैयौँ परकम्पहरू मापन गरिएको छ। उक्त भूकम्पले नेपाल, भारत र भुटानका विभिन्न स्थानमा