३१ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २१ फागुनका लागि तय भएको निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन् ।
केन्द्रीय कमिटी बैठकको समापनमा सम्बोधन गर्ने क्रममा ओलीले निर्वाचनमा नजाने घोषणा गरेका हुन् ।
एमाले केन्द्रीय कमिटी बैठक गत बुधबारबाट जारी छ । आजसम्म चलेको बैठकको अन्तिममा ओलीले समापन मन्तव्य दिएका थिए ।
सोही क्रममा उनले निर्वाचनमा सहभागी नहुने घोषणा गरे ।
तर, ओलीको उक्त घोषणामा उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले प्रतिवाद गरे ।
उनीहरूले ओलीको घोषणामा फरक मत राखेपछि केहीबेर हल्लाखल्ला भएको थियो ।
अनलाइन खबरवाट
प्रकाशित मिति : १ कार्तिक २०८२, शुक्रबार ७ : ०६ बजे
प्रतिक्रिया