पावर पोष्ट मिडिया प्रा.लि.

फिदिम नगरपालिका वडा नं ०२, पाँचथर
सम्पादक: युधिष्टिरराज आमगाई
सूचना विभाग दर्ता नं. ३३४५-२०७८/०७९

मंगल बेघा

२६ असोज, पाँचथर। नेपाललाई पराजित गर्दै उज्वेकिस्तानले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० पुरुष भलिबल च्याम्पियनसिपको उपाधी उचालेको छ । श्रीलङ्काको कोलम्बोमा आईतबार सम्पन्न फाइनलमा नेपाललाई ३–१ को सेटमा पराजित गर्दै उज्वेकिस्ताले उपाधी उचालेको हो

पहिलो सेट आफ्नो पक्षमा पारे पनि त्यसपछिका तीन सेट लगातार उज्वेकिस्तानलाई सुम्पिएपछि नेपाल उपविजेतामा सीमित हुन पुत्यो । अन्यान्तै प्रतिस्पर्धात्मक पहिलो सेटमा नेपालले २७–२५ को जित निकालेको थियो । उज्वेकिस्तानले खेलको दोस्रो र तेस्रो सेट क्रमशः २५–१०, २५–१६ को सहज जित दर्ता गर्न सफल भएको थियो । केही प्रतिस्पर्धात्मक बनेको चौथो सेटमा नेपाल २५–२० ले पराजित बन्यो ।

असोज २० गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नेपालले समूह चरणमा श्रीलङ्का, तुर्केमिनिस्तान र माल्दिभ्सलाई हराएको थियो भने किर्गिस्तान र उज्वेकिस्तानसँग पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानलाई हराउदै फाइनमा उज्वेकिस्तानसँगको भेट पक्का गरेको थियो ।

प्रतियोगितामा उज्वेकिस्तान, नेपाल, श्रीलङ्का तुर्किमिनिस्तान, माल्दिभ्स र किर्गिस्तान सहभागी थिए । प्रतियोगिता श्रीलङ्का भलिबल फेडेरेसनले आयोजनामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ३ : ३० बजे